अमेरिकी सांसद अर्थात् कांग्रेसका सदस्यलाई बम बिष्फोट गर्ने तथा मार्ने धम्की दिएको आरोपमा फ्लोरिडाका एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
७२ वर्षीय माइकल शापिरोले गत डिसेम्बर १९ मा कांग्रेसको कार्यालयका एक सदस्यलाई दूरभाष( फोन )गरेका थिए। उनले कम्तिमा एक दर्जन संसदमा बम धम्की दिएका थिए । बम निस्क्रिय पार्ने टोली समेत त्यहाँ आएका थिए र प्रहरीहरुले विस्फोटक पदार्थहरू फेला पारेनन्।
फ्लोरिडाका उक्त व्यक्तिले सांसदका छोराछोरीहरूलाई “आएर मार्ने” दिएको संघीय अभियोजकहरूले बुधबार भने।
७२ वर्षीय माइकल शापिरोले डिसेम्बर १९ मा कांग्रेसको वाशिंगटन, डिसीको कार्यालयका एक सदस्यलाई पाँच पटक दूरभाष (फोन )गरेका थिए।
प्रत्येक पटक दूरभाष (फोन )गर्दा उनले धम्कीपूर्ण सन्देशहरू छोडेका थिए। उनले अश्लिल शब्द समेत प्रयोग गरेका थिए ।
“म तिम्रा छोराछोरीलाई मार्नेछु,” भन्ने जस्ता स्वर सन्देश(भ्वाईस मेल )हरु छोडेको कागजातमा लेखिएको एबिसीन्यूजले जनाएको छ ।
शापिरोले कथित रूपमा सांसदलाई तीन पटक धम्की सन्देशहरू छोडेका थिए। उनले २०१९ मा कांग्रेसका सदस्यहरूलाई धम्की दिएको समेत दोषी स्वीकार गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया