टेक्सस सीमा नजिकै ३१ जना आप्रवासीको अपहरण , प्रहरीद्वारा अन्ततगत्वा सकुशल उद्धार

इनेप्लिज २०८० पुष १९ गते २:१७ मा प्रकाशित

मेक्सिकोका अधिकारीहरूले बुधबार टेक्ससको सीमा नजिकै सशस्त्र व्यक्तिहरूले सप्ताहन्तमा अपहरणमा परेका ३१ आप्रवासीहरूलाई उद्धार गरेका छन् ।

राष्ट्रपतिका प्रवक्ता जेसस रामिरेजले सामाजिक संजाल एक्स मार्फत आप्रवासीहरू अब सरकारी संरक्षणमा रहेको जनाएका छन्। तमाउलीपास राज्य अभियोजकको कार्यालय, सेना र राष्ट्रिय सुरक्षाकर्मीले खोज कार्य गरेको उनले बताए। आन्तरिक सचिव लुइसा अल्काल्डेले उद्धारको पुष्टि गरे।

हतियारधारी र मुखावरण लगाएका मानिसहरूले शनिबार रेनोसा र माटामोरोसको सीमाना शहरहरू जोड्ने राजमार्गमा यात्रीयान गाडी (बस )रोकेको संघीय सुरक्षा सचिव रोजा आइसेला रोड्रिग्वेजले बताए । उनीहरूले गाडीमा रहेका सबै ३६ जनालाई बाहिर निकाले र त्यसपछि तीमध्ये ३१ जनालाई पाँचवटा गाडीमा लगेका थिए ।

अपहरण गरिएका आप्रवासीहरू इक्वेडर, कोलम्बिया, भेनेजुएला, होन्डुरस र मेक्सिकोका थिए, उनले भनिन्। कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले मंगलबार अपहरणमा परेकामध्ये चार कोलम्बियाली नागरिक रहेको बताएका छन् ।

रोड्रिग्वेजले बुधबार अपहरणकारीहरूको खोजीमा अत्याधुनिक प्रविधि प्रयोग गरि उनीहरुलाई पत्ता लगाईएको थियो ।

सीमा क्षेत्र नियन्त्रण गर्ने संगठित अपराध समूहहरूले फिरौतीको लागि आप्रवासीहरूलाई नियमित रूपमा अपहरण गर्छन्। यसअघि पनि ठूलो समूहको अपहरण गरिएको थियो । मार्च २०१९ मा, लगभग २२ जना मानिसहरूलाई गाडीबाट लगे र फेरि कहिल्यै उनीहरु भेटिएनन् भनि एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया