अमेरिकी न्याय विभागले टेक्सस राज्यको नयाँ सीमा सुरक्षा कानून बिरुद्ध मुद्दा दायर गरेको छ ।
न्याय विभागले टेक्सस राज्य र स्थानीय कानून प्रवर्तन अधिकारीहरूलाई गैरकानूनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासीहरूलाई पक्राउ गर्न, कारागार हाल्न र मुद्दा चलाउन अनुमति दिने नयाँ अध्यागमन कानूनको राज्यले कार्यान्वयन गरेकोमा टेक्सस विरुद्ध बुधबार मुद्दा दायर गरेको छ।
यदि टेक्ससले संघीय अधिकारीहरूलाई बुधवारसम्म नयाँ राज्य कानून एसबि४ लागू नगर्ने आश्वासन दिएन भने बाइडेन प्रशासनले टेक्ससलाई मुद्दा दायर चेतावनी दिएको थियो ।
टेक्सस राज्यको कानूनले टेक्ससका न्यायाधीशहरूलाई वास्तविक निर्वासन आदेश जारी गर्न अनुमति दिन्छ। बाइडेन प्रशासनले अध्यागमन सम्बन्धी अपराधहरू संघीय सरकारको मामिला हो, राज्यहरूको होइन भनि तर्क दिएको छ ।
“टेक्ससले संयुक्त राज्य अमेरिकाको संविधान र सर्वोच्च अदालतको उदाहरणलाई बेवास्ता गर्न सक्दैन,” न्याय विभागको नागरिक बिभागका प्रमुख सहायक महान्यायाधिवक्ता ब्रायन एम बोयन्टनले भने। “हामीले यो कारबाही टेक्ससले अध्यागमन नियमनका लागि कंग्रेस र संविधानले अपनाएको ढाँचालाई पालना गर्छ भन्ने सुनिश्चित गर्न ल्याएका छौं।”
टेक्ससका महान्यायाधिवक्ता केन प्याक्सटनले बुधवार साँझ एक विज्ञप्तिमा भने “एसबी ४ बाइडेन प्रशासनले सहजीकरण गरेको अवैध आप्रवासीको अन्त्यहीन प्रवाहलाई सम्बोधन गर्न सिर्जना गरिएको थियो,” र उनी “लड्न तयार रहेको उनले बताए ।
बाइडेन प्रशासनले टेक्ससलाई मुद्दा हाल्ने धम्की दिए पछि टेक्ससका रिपब्लिकनका गभर्नर ग्रेग आबोटले बाइडेन प्रशासनले “वर्तमान अमेरिकी अध्यागमन कानून लागू गर्न अस्वीकार मात्र गर्दैन, उनीहरू अब टेक्ससलाई अवैध आप्रवासन विरुद्ध कानून लागू गर्नबाट रोक्न चाहन्छन्।” भनि जवाफ दिएका थिए ।
टेक्सस कानून आबोटले गत महिना हस्ताक्षर गरि लागू गरेका थिए । उनका अनुसार प्रत्येक दिन १०,००० आप्रवासीहरू दक्षिणी सीमा पार गरी अमेरिका प्रवेश गरिरहेको उनले बताएका थिए ।
प्रतिक्रिया