अमेरिकी दक्षिणपश्चिम सीमानामा आप्रवासीको आगमन अहिलेसम्मकै उच्च भएको छ । एबिसीन्यूजका अनुसार सीमामा ३ लाख २ हजार पुगेको छ ।
आप्रवासीहरु अत्यधिक त्यहाँ आए पछि टेक्सस राज्यसँग विवाद र आप्रवासीलाई जही पनि पक्राउ गर्ने कानुन पारित गरे पछि न्याय विभागले टेक्ससलाई मुद्दा हाल्ने धम्की दिएको बेला यो आएको हो। ।
अमेरिकाका धेरै शहरहरू सीमा संकटले ठूलो प्रभावमा परेका छन् । टेक्सस राज्यले यस्ता आप्रवासीहरुलाई गाडीमा डेमोक्र्याटिकहरुको राज्यहरुमा धमाधम पठाई रहेका छन् । हालै टेक्ससबाट न्यूजर्सीमा आप्रवासीहरुलाई यात्रीयान बिसौनी(बस पार्क)मा राखेर छोडेका छन् ।
डिसेम्बर महिनामा दक्षिणपश्चिम सीमामा ३०२,००० आप्रवासीहरु जम्मा भए जुन अहिलेसम्मकै सबैभन्दा बढी मासिक कुल किर्तिमान भएको स्रोतहरूले एबीसी न्यूजलाई बताए।
राष्ट्रपति जो बाइडेनले “अमेरिकालाई ध्वस्त पार्दै हुनुहुन्छ,” टेक्ससका गभर्नर ग्रेग आबोटले अमेरिकी न्याय बिभागको मुद्दाको धम्कीको जवाफमा भने।
“बाइडेन प्रशासन ,हालको अमेरिकी अध्यागमन कानूनहरू लागू गर्न अस्वीकार मात्र गर्दैन, तिनीहरू अब टेक्ससलाई अवैध आप्रवासन विरुद्ध कानून लागू गर्नबाट रोक्न चाहन्छन्, “आबोटले गत बिहीबार सामाजिक संजालमा लेखेका छन् । उनले अमेरिकामा कानूनको शासनको लागि यस्तो शत्रुता मैले कहिल्यै देखेको छैन भनि टिप्पणी गरे ।
प्रतिक्रिया