हार्वर्डका अध्यक्षद्वारा विवादका बीच राजीनामा

इनेप्लिज २०८० पुष १८ गते २:२१ मा प्रकाशित

हार्वर्डका अध्यक्ष क्लाउडिन गेले विवादका बीच राजीनामा दिएकी छन् ।

हार्वर्ड युनिभर्सिटी(बिश्वबिद्यालय )की अध्यक्ष क्लाउडिन गेले आफ्नो ६ महिनाको भूमिकामा रहेपछि मंगलबार आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

इजरायल-हमास युद्ध सुरु भए देखि नै महाबिद्यालय(क्याम्पस)मा यहुदीवाद बिषयमा प्रवन्ध गर्ने र साथै उनका केही विगतका शैक्षिक लेखनहरूमा साहित्यिक चोरीको आरोपमा तीव्र सार्वजनिक छानबिनमा आए पछि विवाद मुसिदै जाँदा उनको राजिनामा आएको हो ।

उनले हार्वर्ड समुदायलाई सम्बोधन गरेको पत्रमा राजीनामा दिने निर्णय घोषणा गरेकी हुन्।

“यो भारी मनले तर हार्वर्डप्रतिको गहिरो प्रेमको साथमा म अध्यक्ष पदबाट राजीनामा दिने भनेर साझा गर्न चाहन्छु ,” गेले आफ्नो पत्रमा यस्तो लेखिन । मैले शताब्दीयौंदेखि यस महान विश्वविद्यालयलाई प्रेरित गर्ने शैक्षिक उत्कृष्टताको प्रतिबद्धतालाई अगाडि बढाउन तपाईंहरूमध्ये धेरैसँग काम गर्न तत्पर छु ।

हार्वर्ड सँस्थाका सदस्यहरूसँग परामर्श गरेपछि मेरो लागि राजीनामा दिनु हार्वर्डको सर्वोत्तम हितमा छ ,उनले लेखिन । गे हार्वर्डको प्रथम अश्वेत अध्यक्ष र दोस्रो महिला अध्यक्ष हुन् ।

हार्वर्डले डिसेम्बर २०२२ मा उनी विश्वविद्यालयको अध्यक्षको रूपमा उनलाई छनौट भएको घोषणा गर्यो । उनले आधिकारिक रूपमा गत जुलाईमा पदभार ग्रहण गरिन । विद्यालयको इतिहासमा उनको कार्यकाल सबैभन्दा छोटो भएको सिबिएसन्यूजले समाचार लेखेको छ ।

गत महिना पेन्सिलभेनिया बिश्व बिद्यालय (युनिभर्सिटी अफ पेन्सिलभेनिया)का अध्यक्ष लिज म्यागिलले पनि कङ्ग्रेसको सुनुवाइपछि राजीनामा दिएकी थिइन् । जहाँ उनले गे र एमआईटी अध्यक्ष सेली कोर्नब्लुथसँग बयान दिएकी थिइन् ।

गे जो पहिले कला र विज्ञान संकायको अध्यक्ष (डीन )हुन भने उनि सरकार र अफ्रिकी-अमेरिकी अध्ययनका प्राध्यापक पनि हुन् । उनी हार्वर्डको त्यही संकायमा रहने छिन्।

उनको सट्टामा त्यहाँका प्रशासनिक तथा मुख्य शैक्षिक अधिकारी एलन एम गार्बरले स्थायी प्रतिस्थापन चयन नभएसम्म विद्यालयको अन्तरिम अध्यक्षको रूपमा काम गर्नेछन् । गार्बर एक अर्थशास्त्री र चिकित्सक हुन् जसले १२ वर्ष देखि मुख्य शैक्षिक अधिकारीको रूपमा सेवा गरेका छन्।

प्रतिक्रिया