मेन राज्यकी सचिवले रिपब्लिकनको प्राथमिक निर्वाचनको लागि मतपत्रमा अयोग्य बनाए पछि ट्रम्पद्वारा उच्च न्यायालयमा अपील

इनेप्लिज २०८० पुष १७ गते २२:०८ मा प्रकाशित

अमेरिकाको मेन राज्यकी सचिवले रिपब्लिकनको प्राथमिक निर्वाचनको लागि मतपत्रमा अयोग्य बनाए पछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च न्यायालयमा अपील गरेका छन् ।

ट्रम्पले मेन राज्यको १४ औं संशोधन चुनाव अयोग्यतालाई में राज्यको सुपीरियर कोर्ट अर्थात् उच्च न्यायालयमा अपील गरेको एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

मेन राज्यकी सचिवले ट्रम्पलाई में राज्यको जीओपी अर्थात् रिपब्लिकन दलको प्राथमिक मतपत्रबाट बाहिर निकालेकी थिईन । यता रिपब्लिकनहरुको नियन्त्रित राज्यहरूमा सांसदहरूले बदलाको रूपमा राष्ट्रपति जो बाडेनलाई राज्य मतपत्रबाट हटाउने धम्की दिएका छन्।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी टोलीले मंगलबार मेन राज्यकी सचिव शेन्ना बेलोसको आदेशलाई अपील गरेको छ । ट्रम्पले जनवरी ६,२०२१ मा अमेरिकी संसदमा बिद्रोहमा भूमिका खेलेकोभन्दै उनलाई रिपब्लिकनहरुको प्राथमिक निर्वाचनको लागि मतपत्रबाट बाहिर गरे पछि उनले जनवरी २ मंगलबारका दिन अपिल गरेको सिएनएनले जनाएको छ ।

प्रतिक्रिया