ईनेप्लिजकी आवासीय सम्पादक (Resident Editor) सच्ची मैनालीलाई हार्दिक विदाई!

इनेप्लिज २०८० पुष १७ गते २१:४५ मा प्रकाशित

वासिंगटन डिसीः ईनेप्लिज डट कमकी आवासीय सम्पादक (Resident Editor) सच्ची मैनालीले कार्यव्यस्ताको कारण ईनेप्लिजको आवासीय सम्पादक (Resident Editor) पदबाट अवकास लिएकि छिन्।

मानव अधिकारलाई विगत तीन दशकदेखि उजागर गर्दै आएकि छिन्

२०१७ देखि २०२३ (६ बर्षको) सम्मको उनीसंगको सहकार्य अविस्मरणीय रह्यो ।

विगत तीन दशकदेखि नेपाली संचार माध्यममा निरन्तर क्रियाशील मैनालीलाई उनको उज्जवल भविष्यको कामना गर्दै ईनेप्लिज परिवार हार्दिक विदाई गर्दछ।

उनीसंगको सहकार्य अविस्मरणीय रह्यो

संचारकर्मी सच्ची मैनालीले सामाजिक परिवर्तनलाई उत्प्रेरित गर्दै सुशासनको पक्षमा, भ्रष्टाचार विरोधी, र दण्डहीनताको अन्त्य जस्ता निर्णायक मुद्दाहरूका साथै बाल अधिकार, महिला अधिकार, र मानव अधिकारलाई विगत तीन दशकदेखि उजागर गर्दै आएकि छिन् भने अमेरिकामा पनि आवाजविहीनहरूका लागि शक्तिशाली आवाज बनेर नेपाली अमेरिकी पत्रकारिताको क्षेत्रमा एक उत्कृष्ट संचारकर्मीको रूपमा आफूलाई उभ्याउँदै आएकी छिन्।

उज्ज्वल भविश्यको कामना!

प्रतिक्रिया