अमेरिकी पावरबल नामक चिट्ठा मिशिगनका एक महाभाग्यशाली खरिदकर्ताले ८४२ मिलियन डलर जिते

इनेप्लिज २०८० पुष १७ गते १२:०१ मा प्रकाशित

अमेरिकी पावरबल नामक चिट्ठा अमेरिकको मिशिगन राज्यका एक महाभाग्यशाली खरिदकर्ताले ८४२ मिलियन डलर जितेका छन् । पावरबल चिट्ठा व्यवस्थापनका अनुसार गत जनवरी १ का दिन सोमबार खोलिएको उक्त चिट्ठाको सबै अङ्क मिशिगन राज्यमा बिक्री भएको कुनै ग्राहक /व्यक्तिले हात पारेका छन् ।

पावरबलका अनुसार यो अहिलेसम्म जितेको पाँचौं ठूलो पावरबल चिट्ठा हो। क्यालिफोर्निया चिट्ठा संजालस्थल ( वेबसाइट)का अनुसार दक्षिणी क्यालिफोर्नियाको एक पसलमा बेचेको कुनै एक खरिदकर्ता एक चिट्ठाले १.२ मिलियन डलर प्राप्त गरेका छन् ।

बिजेताले कर सबै कटाएर अनुमानित ४२५. २ मिलियन डलरको एकमुष्ट लिन पाउने तथा विकल्पमा बार्षिक रुपमा करिव २९ बर्ष सम्म ३० पटक लिन सकिने पावरबलले एक समाचार विज्ञप्तिमा उल्लेख गरेको छ ।

सोमबारको विजेता संख्या १२, २१, ४२, ४४, ४९ र मुख्य रातो भकुण्डो (बल) १ रहेको थियो। पावरबलका अनुसार अमेरिकी इतिहासमा यो दशौं ठूलो अमेरिकी चिट्ठा भएको छ । अमेरिकामा अर्को मेगा मिलियन चिट्ठा पनि त्यतिकै खरिद गर्छन ।

“सन् १९९२ मा खेल सुरु भएदेखि नयाँ वर्षको दिनमा पावरबल चिट्ठा जितेको यो पहिलो पटक हो,” पावरबलले एक विज्ञप्तिमा जनाएको छ ।

मिशिगन चिट्ठा व्यवस्थापनका अनुसार विजयी टिकट मिशिगनको ग्रान्ड ब्ल्याङ्क शहरको फुड क्यासल अफ ग्रान्ड ब्ल्याङ्कमा बिक्री गरिएको थियो ।

मिशिगन राज्यको चिठ्ठा अनुसार जनवरी २०२१ मा १.०५ बिलियन मेगा मिलियन्स चिट्ठा जितेपछि यो पुरस्कार मिशिगनमा जितेको दोस्रो ठूलो चिट्ठा हो। मुख्य बिजेताको अतिरिक्त धेरै टिकटहरू पहिलो पाँच अङ्कहरूसँग मेल खाएका छन् ।

क्यालिफोर्निया, कनेक्टिकट, फ्लोरिडा र मेरील्याण्डमा टिकटहरूले प्रत्येकले १० लाख डलर जितेका छन् । अर्को दुई टिकटहरू टेक्सस र फ्लोरिडामा बेचेका थिए भने खरिदकर्ताले पावर प्ले खेले पछि २० लाख डलर अर्थात् २ मिलियन डलर जितेका छन् ।

चिट्ठा विजेताहरूले तत्काल सबै नगद एकमुष्ट वा २९ वर्षमा ३० वार्षिक भुक्तानीहरूमा पैसा लिन सक्छन्। अहिले सम्म कै सबैभन्दा ठूलो चिट्ठा नोभेम्बर २०२२ मा क्यालिफोर्नियाका एक बिजेताले २.०४ बिलियन डलर जितेका थिए ।

पावरबल चिट्ठा ४५ राज्यका साथै वाशिंगटन डिसी, पुर्टो रिको र युएस भर्जिन टापुहरूमा समेत खेलिन्छ।

प्रतिक्रिया