हवाईको मावीको पाया समुन्द्रतटमा सार्कसँग ‘मुठभेड’ पछि मानिसको मृत्यु

इनेप्लिज २०८० पुष १५ गते २१:०५ मा प्रकाशित

हवाईको मावीको पाया समुन्द्रतटमा सार्क सँग ‘मुठभेड’ पछि एक मानिसको मृत्यु भएको छ । ३९ वर्षीय पुरुषको अस्पतालमा मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मावी प्रहरी विभागले स्थानीय समय अनुसार शनिबार बिहान ११ :१९ बजे समुद्र तटमा प्रतिक्रिया दिएको बताएको छ।

प्रहरीहरु त्यहाँ पुगे पछि समुन्द्र सुरक्षा अधिकारीहरूले शार्क मुठभेडबाट घाइते भएका पुरुषलाई जीवन बचाउने हरेक उपायहरू गरे । उनलाई चिकित्सकहरूले थप उपचारको लागि मावी मेमोरियल चिकित्सा केन्द्र लागिएको थियो ।

ती व्यक्तिको चोटपटक लागेर मृत्यु भएको अधिकारीहरूले बताए । उनको परिचय गोप्य राखिएको छ । एबिसीन्यूजका अनुसार थप विवरण दिइएको छैन भने अनुसन्धान जारी रहेको छ ।

शार्क घटना पछि दुई वटा समुन्द्रीतटहरु गत शनिबार बन्द गरिएको काउन्टी अधिकारीहरूले भने। आइतबार दिउँसो सम्म यदि शार्क गतिविधिको थप संकेतहरू फेला परेन भने त्यहाँ प्रतिबन्ध लगाईएको संकेतहरु हटाइनेछविभागले सामाजिक संजालमा उल्लेख गरेको छ ।

प्रतिक्रिया