सयौं विदेशी नागरिकहरूमध्ये १५ अमेरिकी नागरिकहरुले पनि बिहीबार गाजा भूभाग छोडे

इनेप्लिज २०८० पुष १३ गते २:५३ मा प्रकाशित

बिहीबार गाजा भूभागमा छोडेका सयौं विदेशी नागरिकहरूमध्ये १५ अमेरिकी नागरिकहरु पनि परेका छन् ।

इजिप्टका एक अधिकारीका अनुसार बिहीबार गाजा भूभागबाट रफाह नाका हुँदै इजिप्टका लागि छाडेका ७४८ विदेशी नागरिकमध्ये १५ अमेरिकी नागरिकहरु पनि परेका छन् ।

विपरित दिशामा हिड्दै १०३ वटा माल बाहक गाडी आज रफाह हुँदै गाजा प्रवेश गरेका छन् । जसमा ८० वटा सहायता भारबाहक गाडीहरू रहेका थिए ।जसमध्ये चारवटामा खाना पकाउने इन्धन( ग्यास )बोकेका थिए। साथै २३ वटागाडीहरू व्यावसायिक सामानहरू बोकेको एक अधिकारीले भने।

बुधबारको तुलनामा मालबाहक गाडीहरु नाकामा थोरै बढी थियो ।

द्वन्द्व अघि संयुक्त राष्ट्रले गाजामा व्यावसायिक सामानहरू बोक्ने कम्तिमा ४५५ माल बाहक गाडी (ट्रक)हरू औसत दैनिक ढुवानी गर्ने गरेको जनाएको छ ।

प्रतिक्रिया