अमेरिकाको मिसिगनमा गाडी दुर्घटना हुँदा मद्धत गर्न आउने र अन्य गाडीमा गोली हान्नेलाई प्रहरीद्वारा गोली प्रहार गर्दा मृत्यु

इनेप्लिज २०८० पुष ११ गते २:०६ मा प्रकाशित

अमेरिकाको मिसिगन राज्यको डेट्रोइटको उपनगर क्षेत्रमा गाडी दुर्घटना हुँदा मद्धत गर्न आउने र अन्य गाडीमा गोली हान्नेलाई प्रहरीले गोली प्रहार गर्दा मृत्यु भएको छ ।

सवारी साधन दुर्घटना पछि मानिसहरू र सवारी साधनहरूमा बन्दुक चलाउने एक व्यक्तिलाई डेट्रोइटको उपनगरीय क्षेत्रमा एक प्रहरी अधिकारीले गोली हानेका हुन् ।

राज्य प्रहरीका अनुसार उक्त व्यक्तिले अर्को गाडीसँग ठोक्किएपछि गार्डेन सिटी(शहर)को एक चौकमा बिहान ९ बजे आफ्नो गाडीबाट निस्के । उनलाई मद्दत गर्न आएका एक व्यक्तिलाई गोली हाने र त्यसपछि अन्य धेरै गाडीहरूमा गोली हानेको प्रहरीले बताए ।

उनको गार्डेन सिटी(शहर)एक प्रहरी अधिकारीसंग पनि झगडा भए पछि प्रहरीले गोली हानेका थिए। ती व्यक्तिको नाम तत्काल सार्वजनिक गरिएको छैन। प्रहरीका अनुसार उनी ३७ वर्षका थिए र उनी डेट्रोइटको ह्याम्ट्रामकमा बसोबास गर्थे । गार्डन सिटी(शहर) डेट्रोइटको पश्चिममा पर्छ ।

उक्त व्यक्तिले गोली हानेका व्यक्ति र दुर्घटनामा संलग्न अन्य सवारी साधनका चालकलाई अस्पतालमा स्थिर अवस्थामा सूचीबद्ध गरिएको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया