पुटिनका कट्टर बिरोधी तथा विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता भएको २ हप्ता पछि अन्य सारिएको ठाउँमा फेला

इनेप्लिज २०८० पुष ९ गते १८:१० मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तथा क्रेमलिनका कट्टर बिरोधी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता भएको २ हप्ता पछि अन्य सारिएको ठाउँमा फेला परेका छन ।

आर्कटिकको पेनल उपनिवेश ( कोलोनी)मा सारिएको उनका सहयोगीहरूले सोमबार बताएका छन् ।

२०२१ मा हिरासतमा हाल्नु अघि ठूलो विरोध प्रदर्शन गर्ने रुसको सबैभन्दा प्रमुख विपक्षी राजनीतिज्ञको बेपत्ताले सहयोगीहरू, अधिकार समूहहरू र पश्चिमीहरु लाई चिन्ता बढाएको थियो।

“हामीले एलेक्सी नाभाल्नीलाई फेला पारेका छौं। उहाँ अहिले यामालो-नेनेट्स स्वायत्त जिल्लाको खार्पको बस्ती आईके-३ मा हुनुहुन्छ,” उनका प्रवक्ता किरा यार्मिसले सामाजिक सञ्जालमा भने। उनको वकिलले आज उहाँलाई भेटेको र एलेक्सी अहिले ठिक रहेको यार्मिसले बताए ।

करिब ५,००० मानिसको घर रहेको खर्प जिल्लामा उनलाई राखिएको छ ।

यो “सबैभन्दा उत्तरी र दुर्गम उपनिवेशहरू मध्ये एक हो,” नाभाल्नीको भ्रष्टाचार विरोधी फाउन्डेसनको व्यवस्थापन गर्ने इभान झडानोभले भने।

नाभाल्नीलाई विष खुवाएर हत्या गर्ने प्रयासमा बाँचेपछि पहिलो पटक कारागार परेका थिए । एउटा अदालतले चरमपन्थीको आरोपमा उनको सजायलाई १९ वर्षसम्म पुर्‍याएको छ । अधिकारीहरुले विशेष गरी चुनाव अघि एलेक्सीलाई अलग गर्न चाहन्छन् ,उनले भने ।

रुसमा आगामी २०२४ मार्चमा राष्ट्रपतिको निर्वाचन हुने कार्यक्रम रहेको छ । पुन : राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौं कार्यकाल सजिलै जित्ने अपेक्षा गरिएको सिविएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया