फ्रान्समा करिब १०० एयरबस एट्लान्टिकका कर्मचारीहरू क्रिसमसको दिवा भोज पछि बिरामी

इनेप्लिज २०८० पुष ८ गते २१:३६ मा प्रकाशित

युरोपेली एयरोनटिक्सका प्रवक्ताका अनुसार फ्रान्समा करिब १०० एयरबस एट्लान्टिकका कर्मचारीहरू क्रिसमसको दिवा भोज पछि बिरामी परेको बताए ।

फ्रान्समा एयरबसको सहायक सँस्था (कम्पनी)का कर्मचारीहरूका लागि मनाइने बिदाको उत्सवमा यस महिनाको सुरुमा क्रिसमस भोज पछि दर्जनौं कर्मचारी बिरामी परेका थिए।

युरोपेली एयरोनटिक्स कम्पनीका प्रवक्ताले सिएनएनलाई बिधुतिय डाक (इमेल )गरिएको विज्ञप्तिमा भने, “प्रतिष्ठानले आयोजना गरेको क्रिसमसको दिवा भोज खाएपछि करिब १०० एयरबस एट्लान्टिकका कर्मचारीहरू खाध्य सामग्रीबाट ग्रसित भै बिरामी परेका थिए ।”

प्रवक्ताले खानाको प्रकार भने नखुलाएको सिएनएनले जनाएको छ ।

डिसेम्बर १५ को घटनाबाट एयरबसमा कोही पनि गम्भीर बिरामी परेनन् र सबै कर्मचारीहरू अर्को सोमबार काममा फर्किसकेको प्रवक्ताले बताए ।

जनवरी २०२२ मा स्थापित एयरबस एट्लान्टिक हवाईजहाजको सिट(बस्ने स्थल अर्थात् आसन)हरूमा विशेषज्ञता हासिल गर्ने पूर्ण स्वामित्वको एयरबस सहायक प्रतिष्ठानहो। एयरबस एट्लान्टिकका पाँच देशमा १३,००० कर्मचारी छन् ।

एयरबसका प्रवक्ताका अनुसार फ्रान्सेली स्वास्थ्य अधिकारीहरूले रोगको प्रकोपको अनुसन्धानको नेतृत्व गरिरहेका छन् ।

“यो एक पृथक घटना जस्तो देखिन्छ र सबै कर्मचारीहरू राम्रोसँग निको भइरहेका छन्,” एयरबसका प्रवक्ताले बताए ।

उनले अगाडी भने “हाम्रा कर्मचारीहरूको स्वास्थ्य हाम्रो प्राथमिक चिन्ताको विषय हो र हामी एआरएस स्वास्थ्य सँस्थालाई रोगको कारण पहिचान गर्न र भविष्यमा यो फेरि नदोहोरियोस भनेर सुनिश्चित गर्न पूर्ण रूपमा सहयोग गरिरहेका छौं।”

प्रतिक्रिया