गाजा भूभागमा सप्ताहन्तमा भएको लडाईमा १५ इजरायली सैनिकको मृत्यु

इनेप्लिज २०८० पुष ८ गते २०:२० मा प्रकाशित

गाजा भूभागना सप्ताहन्तमा भएको लडाईमा १५ इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले आइतबार जनाएको छ।

इजरायली रक्ष बलले ठूलो क्षति बेहोर्नु परेको सिएनएनले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत्युलाई “धेरै ठूलो मूल्य” बताए ।

यस सप्ताहन्तको मृत्युले जमिन आक्रमण सुरु भएदेखि मारिएका इजरायली सैनिकहरूको कुल संख्या १५३ पुगेको इजरायली रक्षा बलले जनाएको छ।

गाजामा युद्ध अझै गहिरिदै गएको र इजरायली सैनिकहरू “हमासमाथि पूर्ण विजय नभएसम्म लडाइँ जारी राख्नेछन्,” इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार एक सम्बोधनमा भने।

नेतान्याहुले भने, “हाम्रा अपहरणकारीहरूलाई फिर्ता गर्ने, हमासलाई हटाउने र गाजालाई अब इजरायलका लागि खतरा नहोस् भन्ने कुरा सुनिश्चित गर्ने यो एक मात्र उपाय हो।” “यसले समय लिनेछ, हाम्रा लडाकुहरू, जनता र सरकार हामी एक छौं ।”

प्रतिक्रिया