इजरायली-अमेरिकी बन्धकको गाजामा बन्धक बनाइएका ७३ बर्षिय व्यक्तिको मृत्यु , उनकी श्रीमती अझै पनि हमासको कब्जामा

इनेप्लिज २०८० पुष ६ गते १७:५५ मा प्रकाशित

इजरायली-अमेरिकी बन्धकको गाजामा बन्धक बनाइएका व्यक्तिको  मृत्यु भएको छ ।

इजरायली-अमेरिकी दोहोरो नागरिक र अक्टोबर ७ मा हमासले किबुट्ज नीर ओजबाट अपहरण गरेका ७३ वर्षीय गडी हाग्गाईको गाजामा बन्दी बनाउदा मृत्यु भएको बेपत्ता व्यक्ति परिवार मन्चले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मन्चका अनुसार उनको शव अझै गाजामा राखिएको छ।

गडी हास्यले भरिपूर्ण मानिस थिए जसले आफ्नो वरपरका छिमेकका मानिसहरूलाई कसरी हँसाउने भनेर जान्दथे। 

उनि एक प्रतिभाशाली बांसुरीवादक थिए । उनले आडिएफमा पनि बजाउथे  र आफ्नो सम्पूर्ण जीवन संगीतमा संलग्न थिए,” विज्ञप्तिमा थपिएको छ।

गडीलाई अक्टोवर ७ को बिहान आफ्नी पत्नी जुडीसँग हिड्न बाहिर निस्केका थिए, जब उनीमाथि गोली हानेर “गम्भीर रूपमा घाइते” भएको जनाईएको छ ।

उनकी श्रीमती अझै पनि हमासको कब्जामा छिन् भनि सिविएसले समाचार लेखेको छ ।

प्रतिक्रिया