गाजामा मृत्यु हुनेको संख्या २०,००० नाघ्यो ,५३ हजार घाइते

इनेप्लिज २०८० पुष ६ गते १२:२६ मा प्रकाशित

गाजामा मृत्यु हुनेको संख्या २०,००० नाघेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गाजामा अक्टोबर ७ यता मारिएका व्यक्तिको सङ्ख्या २०,०५७ पुगेको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शुक्रबार स्ट्रिपमा गरेको विज्ञप्तिमा उल्लेख छ।

द्वन्द्वमा कूल ५३ हजार ३२० जना घाइते भएका छन् । सिएनएनले स्वतन्त्र रूपमा संख्याहरू प्रमाणित गर्न सक्दैन भनि समाचारमा जनाएको छ ।

मन्त्रालयले पछिल्लो ४८ घण्टामा ३ सय ९० जनाको मृत्यु भएको बताएको छ भने धेरैजसो क्षेत्रमा सञ्चार सञ्जाल बन्द रहेका छन् । गत बिहीबार राती इजरायली बमबारीका कारण अवरुद्ध भएपछि मध्य र दक्षिणी गाजामा सेवाहरू बिस्तारै चालु हुदै गरेको बताईएको छ ।

प्रतिक्रिया