कोलोराडोका एक किशोरलाई आतंकवादीहरूलाई सहयोग गर्ने प्रयास गरेको आरोप र पक्राउ 

इनेप्लिज २०८० पुष ४ गते १९:४० मा प्रकाशित

कोलोराडोका एक किशोरलाई आतंकवादीहरूलाई सहयोग गर्ने प्रयास गरेको आरोप लगाईएको एनविसिवासिॅगटनले जनाएको छ । कोलोराडोको डेनभर क्षेत्रका एक किशोरलाई सोमबार आतंकवादीहरूलाई सहयोग गर्ने प्रयास गरेको आरोपमा उनले आईएसआइएस आतंकवादी समूहको सिपाही बन्न मध्यपूर्व यात्रा गर्ने योजना बनाएको आरोप लगाइएको छ।

कोलोराडो वेस्टमिन्स्टरका १८ वर्षीय हमजाह मस्कूरलाई कोलोराडोको अमेरिकी जिल्ला अदालतमा विदेशी आतंकवादी संगठनलाई जानीजानी सामग्री सहयोग उपलब्ध गराउने वा प्रयास गर्ने वा षड्यन्त्र गरेको आरोपमा दायर गरिएको आपराधिक उजुरीमा अभियोग लगाइएको छ । 

आपराधिक उजुरी अनुसार उनि  संयुक्त राज्य अमेरिकामा जन्मेको तर आफ्नो परिवारको जन्मस्थान अफगानिस्तानमा हुर्केका मस्कूरलाई आईएसआईएसको पक्षमा लड्न फर्कन चाहेको आरोप लगाइएको छ।

एफबीआईले उनलाई सोमबार डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरे ।मस्कुर शुक्रबार संघीय अदालतमा हाजिर भएका थिए । 

प्रतिक्रिया