उत्तर कोरियाद्वारा आणविक हतियार बोक्न सक्ने प्रकारको लामो दुरीको क्षेप्यास्त्र परीक्षण 

इनेप्लिज २०८० पुष २ गते १७:५६ मा प्रकाशित

उत्तर कोरियाले अमेरिकी समय अनुसार सोमबार बिहान सम्मको  २४ घण्टामा दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको छ । 

दोस्रो एउटा अन्तरमहादेशीय प्राक्षेपिक क्षेप्यास्त्र ( आइसिविएम) सैद्धान्तिक रूपमा अमेरिकी मुख्य भूमिको जुनसुकै ठाउँमा पुग्न सक्षम रहेको दक्षिण कोरिया र जापानका अधिकारीहरूले बताएका छन्।

उत्तर कोरियाले आफ्नो पछिल्लो प्रक्षेपणको कुनै विवरणको पुष्टि नगरेको सिविएसले जनाएको छ ।

 तर दक्षिण कोरिया ,जापानका रक्षा अधिकारीहरू तथा अमेरिकी सहयोगीहरूका अनुसार लामो दूरीको प्रक्षेपास्त्र टोकियोको उत्तरपश्चिम र पश्चिममा समुद्रमा खस्नु अघि ६०० माइल भन्दा बढी यात्रा गरेको छ ।

यो उत्तर कोरियाको हतियार परीक्षण कार्यक्रमको अन्तरिगत यो किर्तिमानी परीक्षण हो। 

 नोभेम्बरमा एक जासूस उपग्रहलाई अन्तरिक्षमा लैजाने रकेट सहित कम्तिमा ३६ वटा क्षेप्यास्त्रहरु  प्रक्षेपण गरेको छ।

प्रतिक्रिया