३ वर्षसम्म खाडी राज्यमा शासन गरेका कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको ८६ वर्षको उमेरमा निधन भएको छ।
सरकारी समाचार सँस्था (एजेन्सी) कुना(केयुएनए) का अनुसार अधिकारीहरूले शनिबार उनको मृत्यु भएको घोषणा गरेका हुन्।
राज्य समाचार सँस्था (एजेन्सी)का अनुसार शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहलाई नोभेम्बरमा आपतकालीन स्वास्थ्य समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। त्यतिबेला ८६ वर्षीयाको अवस्था स्थिर रहेको कुनाले जनाएको छ ।
अमिरले सेप्टेम्बर २०२० मा सबाह अल-अहमद अल-जाबेर अल-सबाहको मृत्यु पछि सपथ लिएका थिए, जसले खाडी राज्यमा १४ वर्ष शासन गरेका थिए।
कुवेत,एक खाडी अरब राष्ट्र हो भने ४२ लाख भन्दा बढी जनसंख्या रहेको छ । कुवेतमा बिश्व कै छैठौं ठूलो तेल भण्डार रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया