६ वर्षदेखि बेपत्ता बेलायती बालक फ्रान्समा फेला परेका छन् ।
छ वर्षअघि बेपत्ता भएका बेलायती बालक दक्षिणी फ्रान्सको सडक छेउमा हिँडिरहेको एक चालकले फेला पारेपछि आगामी दिनमा घर फर्किने तयारीमा छन्।
फेब्रुअरी २०१९ मा जारी गरिएको प्रहरी अपील अनुसार एलेक्स ब्याट्टी ११ वर्षको उमेरदेखि आफ्नी आमा, “जसको कानुनी अभिभावकीय अभिभावकत्व छैन,” र ,उनका हजुरबुवासँग २०१७ मा स्पेनमा छुट्टीमा लगिएपछि देखिएका छैनन्, सिएनएनले समाचारमा उल्लेख गरेको छ ।
क्षेत्रीय अधिकारीका प्रवक्ताले सीएनएनलाई बट्टी अहिले १७ वर्षको उमेरमा टुलुज शहर नजिकैको हाउटे-गारोनमा फेला परेको बताए ।
बेलायती प्रहरीले बट्टी विगत ६ वर्ष सम्म कहा बिताए भन्ने विवरण भने नभएको बताएको छ ।
तर बट्टीलाई सडकको छेउबाट उद्धार गर्ने फ्रान्सेली चालक फाबियन असिडिनीले किशोर विगत दुई वर्षदेखि फ्रान्समा आध्यात्मिक समुदायसॅग बस्दै आएको बताए ।
चालकका अनुसार उनलाई २०१७ मा “आफ्नी आमाले अपहरण गरेको बताएका थिए । तीन वर्ष स्पेन र दुई वर्ष फ्रान्समा बिताएका थिेए भनि सिएनएनले जनाएको छ ।
तस्विर: उनि हराउनु अघि खिचिएको तस्विर हो।
प्रतिक्रिया