पुरस्कारमा सीमित “ शान्ति ”

इनेप्लिज २०८० मंसिर २६ गते ०:०४ मा प्रकाशित

बासव जुजु राजोपाध्याय

आक्रान्त यो बिश्व माझ कतै लुप्त छ शान्ति
छिन्नभिन्न छ , तहस-नहस छ, विवश छ शान्ति
गोला अनि बन्दूकको नालले संहार भयो शान्ति
तन भरि खोज्छन् र मन भरि खोज्छ्न
गाऊँ पहाड शहरमा खोजेर नपाएपछि
अनि थकित आत्माले
स्लिपिंग पिल्स को सहारा लिदैं
फेरि चैन सुख शान्तिमय
नीदरी को परिकल्पना गर्दै
आफ्नो बिस्तरी छाम्छन्
जब उठेर बिश्व समाचार पढ्छन्
फेरि पनि अशान्ति
पुरुष बाट नारी त्रसित – नारीबाट पुरूष शोषित
नारी बाट नारी नै पीड़ित –
पुरुष बाट पुरुष नै भयभीत
ईश्वर प्राप्ति गर्ने त्यो मार्ग नै – शान्ति
तर कहाँ छ ?
हो अब शान्ति बालकले पढ्ने किताब मा छ
वेद को मन्त्र मा छ , मनुष्यको नाम मा छ
अझ भनुँ त्यो शान्ति पुरस्कार मा छ
न त छुन सके त्यो शान्ति न त जिउनु सके शान्ति
तोप र बारूद ले भत्काईसके पछि
उडिसक्यो शान्ति
तैपनि आशा र भरोसा मा जिएर मान्छेहरू
प्रार्थना मा अहिले सम्म अटाएको विश्व – शान्ति
केवल पुरस्कारमा सिमित भयो शान्ति
शान्ति ???? शान्ति ??????? शान्ति ?????

  • बासव जुजु राजोपाध्याय
    अमेरिका

प्रतिक्रिया