रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी कारागारबाट बेपत्ता ,ह्वाइट हाउसको चासो 

इनेप्लिज २०८० मंसिर २५ गते १७:५४ मा प्रकाशित

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी कारागारबाट बेपत्ता भएको उनको टोलीले जनाएको छ ।

एलेक्सी नाभाल्नीका वकिलहरूले सोमबार जानकारी दिदै उनीहरूले झ्यालखानामा  रहेका रुसी विपक्षी नेतासँग सम्पर्क गुमाएको बताएका छन ।

जसलाई मस्कोबाट १५० माईल पूर्वमा पेनल कोलोनीमा कैद गरिएको मानिन्छ, र उनको ठेगाना अझै अज्ञात रहेको सिएनएनले समाचार लेखेको छ ।

नाभाल्नीलाई चरमपन्थी समुदाय सिर्जना गर्ने, चरमपन्थी गतिविधिलाई आर्थिक सहयोग गर्ने र अन्य थुप्रै अपराधमा दोषी पाइएपछि अगसितमा १९ वर्षको कारागार सजाय सुनाइएको थियो। 

उनी पहिले नै ठगी र अन्य आरोपहरूमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको कारागार सजाय काटिरहेका थिए।

ह्वाइट हाउसले नाभाल्नी बेपत्ता भएको खवरले  “गहिरो चिन्तित” भएको बताएको छ।

प्रतिक्रिया