विश्वव्यापी स्वास्थ्य संगठनहरूले गाजामा डरलाग्दो अवस्थाहरूमा तत्काल युद्धविरामको लागि आह्वान गरेका छन् ।
विश्व स्वास्थ्य संगठनले गाजाको बिग्रँदै गएको अवस्थाको बारेमा अद्यावधिकहरू जारी गरेको छ । राहत सहायता प्रवेश गर्न र नागरिकहरूलाई आश्रय लिन अनुमति दिन तत्काल युद्धविरामको लागि आग्रह गरेको छ ।
एमएसएफले गाजामा स्वास्थ्य सेवा प्रणालीमा “पूर्ण ध्वस्त ” अवस्थामा देखिरहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, इजरायली सेनाले इलाका खाली गर्ने आदेशका कारण सहिद र बेनी सुहेला उपचारग्रिहहरूलाई सहयोग प्रदान गर्न बन्द गर्न बाध्य भएको १० दिन भयो।
रफाहमा गाजा भूभाको दक्षिणी क्षेत्रमा र जहाँ खान युनिस र मध्य गाजाका मानिसहरूलाई पर लागिएको छ जहाँ स्वास्थ्य सेवाहरू अत्यन्त सीमित छन् ।
“संयुक्त राष्ट्र सुरक्षा परिषद्ले घेराबन्दी हटाउन र सम्पूर्ण गाजा भूभागमा अप्रतिबंधित सहायता सुनिश्चित गर्न तत्काल र दिगो युद्धविरामको माग गर्नुपर्छ,” एमएसएफको विज्ञप्तिमा भनिएको छ।
यसैबीच बिश्व स्वास्थ्य संघका अनुसार १,५०० व्यक्तिको आवश्यकता पूरा गर्न अल-अहली अस्पतालमा आवश्यक आघात र शल्य चिकित्सा आपूर्तिहरू पुर्याउन साझेदारहरूसँग सञ्चालन गरिएको लक्ष्य सफल भएको एबिसीन्यूजले जनाएको छ ।
अस्पतालमा पर्याप्त क्षति पुगेको छ ,अक्सिजन र अत्यावश्यक चिकित्सा आपूर्ति, पानी, खाना र ईन्धन साथै चिकित्सा तीव्र आवश्यकता छ, डब्ल्यूएचओले बिज्ञप्तिमा उल्लेख गरेको छ ।
“हामी दिगो युद्धविराम र सुरक्षित, मापन गरिएको मानवीय प्रतिक्रियाको लागि अब पर्खन सक्दैनौं,” बिश्व स्वास्थ्य संघका अधिकारीहरूले एक विज्ञप्तिमा भने।
प्रतिक्रिया