कारागारमा रहेकी इरानी अभियन्ता नरगेस मोहम्मदीका छोराछोरीले उनको तर्फबाट नोबेल शान्ति पुरस्कार स्वीकार गरेका छन् ।
झ्यालखानामा परेकी इरानी कार्यकर्ता नरगेस मोहम्मदीका छोराछोरीले आइतबार उनको तर्फबाट नोबेल शान्ति पुरस्कार स्वीकार गरेका छन ।
उनको पुरस्कार आइतबार ओस्लो, नर्वेमा भएको पुरस्कार समारोहमा उनका १७ वर्षीय जुम्ल्याहा अलि र कियाना रहमानीको बीचमा खाली कुर्सीमा राखिएको थियो।
आफ्नो दशकौंको मानवअधिकार सक्रियताको लागि अक्टोबरमा २०२३ नोबेल शान्ति पुरस्कारबाट सम्मानित मोहम्मदीले उनको पुरस्कार घोषणा गरेपछि भोक हडताल सुरु गरेकी छिन ।
“म एक इरानी महिला हुँ, सभ्यताको लागि गर्व र सम्मानजनक योगदानकर्ता हुँ, जो हाल निरंकुश धार्मिक सरकारको दमनमा छ,” उनका छोराछोरीले उनको तर्फबाट भने। “म एक महिला कैदी हुँ जसले स्वतन्त्रता, समानता र प्रजातन्त्रको अभावको कारणले गहिरो र आत्मा-पीडा सहन गर्दै, आफ्नो अस्तित्वको आवश्यकतालाई बुझेको छ र विश्वास पाएको छ ।”
इरानमा अनिवार्य हिजाब लगाउने र मृत्युदण्डको सजाय विरुद्ध अभियान चलाउने मोहम्मदीले नोबेल शान्ति पुरस्कार जित्ने पहिलो इरानी महिला शिरिन इबादीलाई पनि श्रद्धाञ्जली अर्पण गरे।
मोहम्मदीको सक्रियता झ्यालखानामा जारी छ। उनी हाल बहाई धार्मिक अल्पसंख्यकसँग “एकतामा” भोक हडतालमा रहेकी उनका भाइ र श्रीमानले नोबेल पुरस्कार समारोहको पूर्वसन्ध्यामा नर्वेको राजधानीमा पत्रकार सम्मेलनमा भने।
नर्वेजियन नोबेल समितिका अध्यक्ष बेरिट रेस-एन्डरसनले हिजाब नलगाई उपचार गर्न अधिकार पाउनका लागि उनले हालै भोक हडतालमा गएको बताइन ।
“हिजाब नलगाई अस्पतालमा आवश्यक उपचार गर्न पाउनु पर्छ भन्दै हालसालै उनि भोक हड्तालमा गएकी थिइन् ,” रेस-एन्डरसनले समारोहमा भनिन । “उनले अस्वीकार गरिन् र भोक हडताल सुरु गरिन्। अन्ततः, कडा सुरक्षामा छोटो जाँचको लागि उनलाई अस्पताल लगियो – तर हिजाब लगाएकी थिइनन्। उनको संकल्प अटल छ।”
सेप्टेम्बर २०२२ मा जेलमा रहँदा, मोहम्मदीले २२ वर्षीया महसा जिना अमिनीको मृत्यु पछि “महिला – जीवन – स्वतन्त्रता” आन्दोलनको नेतृत्व पनि गरिन ।
मोहम्मदीलाई १३ पटक पक्राउ गरिएको रेस एन्डरसनले बताइन । सन् २०१५ मा उनले १० वर्ष कैद सजाय र १५३ कोर्राको सजाय पाएकी थिइन् । मोहम्मदीका पति तागी रहमानीसँग फ्रान्समा निर्वासनमा बसेका उनका छोराछोरीले उनलाई आठ वर्षदेखि आमालाई देखेका छैनन्।
युक्रेन, बेलारुस र रुसका मानवअधिकारकर्मीहरूले गत वर्षको नोबेल शान्ति पुरस्कार जितेका थिए भनि सिबिएसन्यूजले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया