न्युयोर्कको अल्बानी बाहिर गोली चल्यो, यहुदी उपासनागृह बाहिर संदिग्ध पक्राउ

इनेप्लिज २०८० मंसिर २२ गते १:०१ मा प्रकाशित

न्युयोर्कको अल्बानीको यहुदी उपासनागृहको सवारी साधन अडान (पार्किङ) क्षेत्रमा बन्दुक चलाएको आरोपमा एक व्यक्तिलाई बिहीबार दिउँसो पक्राउ गरिएको गभर्नर क्याथी होचुलले बताइन ।

दिउँसो २:२७ बजे टेम्पल इजरायल नामक यहुदी उपासनागृहमा भएको घटनामा कोही पनि घाइते भएनन्। र संदिग्ध, केवल एक २८ वर्षीय स्थानीय व्यक्ति भएकोले उनलाई तुरुन्तै गिरफ्तार गरिएको गभर्नरले भनिन ।

“हामीले पहिले नै कुरा गरिसकेका छौं, अक्टोबर ७ को आक्रमण पछि मैले हाम्रो राज्य प्रहरी र राष्ट्रिय सुरक्षाकर्मी (नेशनल गार्ड)लाई उच्च सतर्कतामा रहन आदेश दिएको छु,” होचुलले पत्रकार सम्मेलनमा भनिन ।

घटनाको क्रममा संदिग्ध व्यक्तिले “धम्कीपूर्ण बयान” गरेको होचुलले बताइन । उनि आपराधिक इतिहास भएका संदिग्ध हुन् भने उनीमाथि अझै मुद्दा चलिरहेको छ।

गभर्नरका अनुसार परिसरमा अवस्थित प्रारम्भिक बाल केन्द्रलाई तालाबन्दी गर्न बाध्य पारिएको थियो तर अभिभावकहरूले पछि आफ्ना बच्चाहरूलाई उठाउन सक्षम भएका थिए ।

म सबैलाई सम्झाउँछु, न्यु योर्कवासीको रूपमा यो हामी होइनौं। यो रोकिनुपर्छ। हामी घृणा, सेमिटिज्म र इस्लामोफोबिया अर्थात् यहुदी तथा मुसलमान बिरुद्ध यस्ता घृणा लाई अस्वीकार गर्छौं। सबै घृणित अपराधहरू बन्द हुनुपर्छ, र सबै प्रकारका हिंसाहरू बन्द हुनुपर्छ,” उनले भनिन्। ।

गभर्नरका अनुसार मन्दिरमा पहिले गत सेप्टेम्बरमा बमको धम्कीको लक्ष्य थियो। पत्रकार सम्मेलनको क्रममा यहूदी मामिलाका उपनिर्देशक इभा वाइनरले मेनोराहको मैनबत्ती बालिन्।

प्रतिक्रिया