काठमाडौं । एनआरएनए नाइजेरियाद्वारा पश्चिम रुकुम र जाजरकोटका भुकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि रु . एकलाख एकचालीस हजारको सहयोगको चेक आज माननीय परराष्ट्र मन्त्री एनपी साउँदलाई परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको छ ।
परराष्ट्र मन्त्री साउँदले मार्तुभुमीमा बिपत पर्दा गैरआवासीय नेपालीहरुले सधै सहयोग गर्ने गरेको र अब रास्ट्रको समृद्धिका लागि अझै बढी लगानी केन्द्रित भइ अग्रसर हुनु पर्ने बताउनु भयो । अफ्रिकाको सानो नेपाली समुदायबाट पनि देशका लागि बेलाबखत रास्ट्रका लागि उच्च योगदान हुँने गरेकामा आफू जानकार रहेको बताउदै साउँदले आभार ब्यक्त गर्नु भयो ।
माननीय परराष्ट्र मन्त्री लाई चेक हस्तान्तरण गर्दै एनआरएनए नाइजेरियाका अध्यक्ष सोमेश अर्यालले नाइजेरियाको नेपाली समुदायबाट थोरै भए पनि घरदेशमा परेको संकटमा सरकार मार्फत सहयोग गर्न पाएकोमा संतोष ब्यक्त गरेका छन । उक्त अवसरमा एनआरएनए नाइजेरियाका पुर्व अध्यक्ष दीपक कर्ण , सस्थापक उपाध्यक्ष नरेन्द्र श्रेष्ठ , उपाध्यक्ष उर्मिला रोका र नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एबं सुदुर पश्चिम सरकारका निबर्तमान आन्तरिक मामिला मन्त्री डा. रणबहादुर रावल समेतको उपस्थिति थियो ।
एनआरएनए नाइजेरियाको मौज्दात राहत कोषबाट रु ९३००० , सदस्य संजय दासबाट ४०,००० र रोमलाल बिश्वकर्मा बाट ८००० गरि जम्मा एकलाख एकचालिस हजार सहयोग पठाइएको हो ।
प्रतिक्रिया