इजरायल रक्ष बल (आईडीएफ) ले बुधबार उत्तरी गाजामा एउटा उपचार कक्ष (क्लिनिक) तथा विद्यालय नजिकै ठूलो हतियारको भण्डार फेला पारेको दाबी गरेको छ।
आईडीएफका अनुसार हतियारको भण्डारमा “सयौं क्षेप्यास्त्रहरू र विभिन्न प्रकारका आरपीजी (प्रक्षेपास्त्र ) मार हान्ने उपकरणहरू, दर्जनौं बख्तरबन्द गाडी बिरुद्ध मार हान्ने दर्जनौं विस्फोटक उपकरण तथा इजरायल राज्यको केन्द्रमा लक्षित लामो दूरीको क्षेप्यास्त्रहरू रहेका छन् । साथै मानवरहित यान सहित फेला पारेको बताएको छ
केही हतियारहरू थप अनुसन्धानका लागि लगिएको र केहीलाई नजिकैको खेतमा नष्ट गरिएको बताइएको छ ।
आईडीएफद्वारा साझा गरिएको तस्बिर तथा श्रब्यदृश्य (भिडियो )ग्रीमा हतियार र गोला बारुद र सेनाले मालबाहक (ट्रक)मा प्रक्षेपास्त्र (रकेट ) राख्दै गरिरहेको देखाइएको छ ।
सिएनएनले आइडिएफद्वारा जफत गरिएका हतियारहरूको भण्डारको आकार वा तिनीहरू कहाँ फेला परेका थिए भनेर प्रमाणित गर्न असमर्थ छ भनि समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया