रिपब्लिकनहरूको राष्ट्रपति बहसमा दुई जना भारतीय मूलका उम्मेदवार सहित कूल ४ जना योग्य ,तेश्रो पटक ट्रम्प फेरि सहभागी नहुने

इनेप्लिज २०८० मंसिर १९ गते २३:२९ मा प्रकाशित

अर्को बर्ष २०२४ मा अमेरिकाको राष्ट्रपति पदको लागि रिपब्लिकनहरूको आगामी बुधबार हुने प्राथमिक राष्ट्रपति बहसमा दुई जना भारतीय मूलका उम्मेदवार सहित कूल ४ जना मात्र योग्य भएका छन् । यता रिपब्लिकन दलको उक्त बहसमा तेश्रो पटक पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि सहभागी नहुने भएका छन् ।

अमेरिकी ईतिहासमा सम्भवत उम्मेदवारले यस्ता बहसमा तिरस्कार गरेको पहिलो हो । ट्रम्पले सबैलाई आस्चर्य बनाई दिएका छन् । उनि अझै पनि मत सर्वेक्षणमा अरु उम्मेदारहरु भन्दा ३ गुना मतले अगाडी छन । उनि बहसमा समय खर्चिनु भन्दा चुनाव प्रचारमा समय बिताउन उचित मान्दै यस्ता बहसलाई लत्याई दिएका छन् । उनि सशक्त उम्मेदवार हुन् ।

सिएनएनले जनाए अनुसार चार जना उम्मेद्वारहरु अलाबामामा डिसेम्बर ६ बुधबारका दिन ८ बजे अमेरिकी पूर्वीय समय अनुसार राति हुने चौथो जिओपि (रिपब्लिकन दल )को राष्ट्रपतिको प्राथमिक निर्वाचनको लागि आयोजना गरिने बहसको लागि योग्य भएका छन् । रिपब्लिकन राष्ट्रिय समिति र बहस प्रसारक न्यूजनेसनले सोमबार उक्त घोषणा गरेको हो ।

अलाबामामा हुने बहसमा फ्लोरिडाका गभर्नर रन डिसेन्टिस, साउथ क्यारोलाईनाका पूर्व गभर्नर भारतीय मूलकी निक्की हेली, उद्यमी विवेक रामास्वामी र न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टी यस वर्षको अहिलेसम्मको सबैभन्दा सानो बहसमा भिड्नेछन्।

प्रतिक्रिया