टर्कीमा ५.१ परिमाण(म्याग्निच्युड)को भूकम्प

इनेप्लिज २०८० मंसिर १८ गते ११:४७ मा प्रकाशित

टर्कीको उत्तरपश्चिममा ५.१ परिमाण(म्याग्निच्युड)को भूकम्प गएको छ । कुनै क्षति वा चोटपटकका कुनै विवरणहरु आई नपुगेको एबिसीन्यूजले जनाएको छ ।

उत्तरपश्चिम टर्कीमा सोमबार एक मध्यम शक्तिशाली भूकम्प गएपछि मानिसहरू डरले सडकमा निस्किएका छन्।

५.१ परिमाणको भूकम्प बुर्सा प्रान्तको जेम्लिक शहरको छेउमा रहेको मारमारा सगरमा केन्द्रित भएको प्रकोप व्यवस्थापन निकाय एएफएडीले जनाएको छ ।

यो स्थानीय समय अनुसार बिहान १०:४२ बजे (०७:४२ जिएमटी) मा झण्डै ९ किलोमिटर (५.६ माइल) गहिराईमा पुगेको थियो।

ह्याबरटर्क दूरदर्शन (टेलिभिजन)का अनुसार यो इस्तानबुल र अन्य नजिकैका क्षेत्रहरूमा महसुस भएको थियो जहाँ मानिसहरू डरले घर र कार्यालयहरू छाडेका थिए।

फेब्रुअरीमा,७.८ म्याग्निच्युडको भूकम्पले ११ दक्षिणी र दक्षिणपूर्वी टर्की प्रान्तहरू साथै उत्तरी सिरियाको भागलाई ध्वस्त पारेको थियो। टर्कीमा ५० हजारभन्दा बढी मानिस मारिएका थिए ।

प्रतिक्रिया