एयर इन्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना हुँदा २४२ मध्ये २४१ जनाको ज्यान गएको छ। एयर इन्डियाले पुष्टि गरेको अनुसार एक मात्र जीवित व्यक्ति बेलायती नागरिक हुन्, जसको मूल भारतसँग सम्बन्धित छ।
एयर इन्डियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी अत्यन्त दुःखी हुँदै जानकारी गराउँछौं कि २४२ यात्रु मध्ये २४१ जनाको निधन भएको छ। एक मात्र जीवित व्यक्ति अस्पतालमा उपचाररत छन्।” उनि दुर्घटना पछि ठमठम हिडेर रुग्णवाहिणी (एम्बुलेन्स)सम्म गएका थिए । उनको त्यो श्रब्यदृश्य (भिडियो)संसार भर ब्यापक भएको छ
विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य थिए। यात्रुहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, ७ जना पोर्चुगलका नागरिक र १ जना क्यानाडाली नागरिक थिए।
यो विमान दुर्घटना हालसम्मकै सबैभन्दा भयानक घटनाहरूमा गनिन्छ, जसले विश्वभरका मानिसलाई स्तब्ध बनाएको छ। जीवित रहेका एकमात्र व्यक्ति भारतीय मूलका बेलायती नागरिकलाई तत्काल उद्धार गरेर अस्पतालमा भर्ना गरिएको बताइएको छ।
घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ। एयर इन्डियाले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । सबै पीडितलाई न्याय दिलाउन प्रयासरत रहेको जनाएको छ।
प्रतिक्रिया