तेहरानमा शोकमा ; इजरायलको कारबाहीमा तीन शक्तिशाली नेता ढले

इनेप्लिज २०८२ जेठ ३१ गते ९:४४ मा प्रकाशित

इजरायलको अभूतपूर्व सैन्य कारवाहीमा “राइजिङ लायन” अर्थात् साहसी प्रतिशोध अभियानमा इरानका तीनजना उच्च स्तरका शक्ति केन्द्रीत नेता मारिएका छन् । जसले इस्लामिक गणतन्त्र इरानको सुरक्षा संरचनामा गम्भीर धक्का पुर्‍याएको छ।

मारिनेमा इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (इस्लामिक क्रान्तिकारी सुरक्षा बल) का प्रमुख उपरथी (मेजर जनरल )होसैन सलामी, इरानी सशस्त्र बलका प्रमुख उपरथी (मेजर जनरल )मोहम्मद बाघेरी, र पूर्व राष्ट्रिय सुरक्षा प्रमुख अली शामखानी छन्।

उपरथी होसैन सलामी २०१९ देखि ईआरजीसीको नेतृत्व गर्दै आएका थिए। उनी इरानको विदेशी रणनीति र आन्तरिक दमन दुवैमा प्रभावशाली थिए। गत वर्ष इजरायलमाथि गरिएको क्षेप्यास्त्र आक्रमण पनि उनीकै निर्देशनमा भएको बताइन्छ।

उपरथी मोहम्मद बाघेरी, सन् २०१६ देखि इरानको सेनाका प्रमुख थिए। उनलाई सन् २०१९ मा अमेरिकाले “आतंकवादको समर्थन” आरोपमा प्रतिबन्ध लगाएको थियो। उनले हालै साउदी रक्षा मन्त्रीसँग भेट गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको आणविक सम्झौताको प्रस्तावबारे छलफल गरेका थिए।

अली शामखानी इरान-साउदी अरबबीचको सम्बन्ध पुनःस्थापना वार्तामा प्रमुख प्रतिनिधि थिए। उनी एक दशकसम्म सर्वोच्च सुरक्षा प्रमुख रहिसकेका थिए र राष्ट्रपति पदको लागि उम्मेदवारी समेत दिएका थिए।

यी तीन शीर्ष नेताको मृत्यु इरानको आणविक र सैन्य नीतिमा गहिरो असर पार्ने विश्लेषकहरूको ठम्याइ छ।

प्रतिक्रिया