ईरानको राजधानीमा विस्फोट, इजरायली आक्रमणको घोषणा—तेस्रो विश्वयुद्धको सङ्केत ?

इनेप्लिज २०८२ जेठ ३१ गते ०:३१ मा प्रकाशित

ईरानको राजधानी तेहरानभरि विस्फोटको गडगडाहट सुनिएको छ। एपी/रोयटर्सका अनुसार इजरायलले ईरानमा आक्रमण गरिरहेको दाबी गरेपछि स्थिति थप तनावपूर्ण बनेको छ।

तेहरानमा बस्ने नागरिकहरू मध्यरातमा विस्फोटको आवाजले झस्किए। ईरानको सरकारी दूरदर्शन (टेलिभिजन)ले पनि विस्फोटको पुष्टि गरेको छ। यद्यपि कुन स्थान लक्षित गरिएको हो भन्नेबारे अझै स्पष्ट जानकारी आएको छैन।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले “विशेष स्थिति” घोषणा गर्दै शुक्रवार इजरायलभरि विद्यालयहरू बन्द रहने जानकारी दिएका छन्।

यस आक्रमणको असर विश्व बजारमा तुरुन्त देखिएको छ।

विस्फोटहरू सुरु भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्हाइट हाउसमा कंग्रेसका सदस्यहरूसँग भेटघाट गरिरहेका थिए। उनी केही समयसम्म हात मिलाउँदै र तस्बिर खिचाउँदै देखिए । तर उनलाई यस घटनाबारे जानकारी दिइएको थियो कि थिएन भन्ने स्पष्ट नभएको एपीले जनाएको छ ।

व्हाइट हाउसले बिहीबार रातिसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको थिएन। यस आक्रमणले पश्चिम एसियाली क्षेत्रमा भयावह संकट निम्त्याउने संकेत दिएको छ।

प्रतिक्रिया