८७१ जना दोहोरो नागरिक भएकाहरूले यस सप्ताहन्तमा गाजाबाट इजिप्टमा सीमा पार गरेको सीमामा रहेका इजिप्टका अधिकारीले बताएका छन् ।
८५० भन्दा बढी दोहोरो नागरिकहरूले रफाह सीमा नाका हुँदै इजिप्टमा शनिबार र आइतवार सीमा पार गरेका हुन् ।
इजिप्ट प्रवेश गर्ने ८७१ जनामध्ये प्यालेस्टिनी दोहोरो नागरिकमा १७ अमेरिकी नागरिक र १३० टर्कीका नागरिक थिए। उनीहरूमा इजिप्ट, दक्षिण अफ्रिका, जर्मनी, क्यानडा, अष्ट्रेलिया र डेनमार्कका दोहोरो नागरिकहरू पनि भएको अधिकारीले सिएनएनलाई भने।
थप १३ घाइते प्यालेस्टाइनीहरूलाई पनि इजिप्टमा उपचार गर्न यो साताको अन्त्यमा रफाह सीमा नाकाबाट बाहिर निकालिएको थियो । यस्तै गरि गाजामा रहेको प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार इजिप्टको रेड क्रिसेन्टबाट १०० मानवीय राहत माल ढुवानी गर्ने गाडी (ट्रक )प्राप्त गरेको बताएको छ ।
प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार मालबाहक गाडीहरु इजिप्टबाट गाजामा रफाह सीमा नाका हुँदै गएका थिए। गाडीहरुमा खाद्यान्न, पानी, राहत सहायता, स्वास्थ्य सामग्री र औषधिहरू रहेका छन् ।
प्रतिक्रिया