अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला भकुण्डो खेलमा अमेरिकाले चीनलाई ३-० ले हरायो

इनेप्लिज २०८० मंसिर १७ गते २:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला भकुण्डो खेलमा अमेरिकाले चीनलाई ३-० ले हराएको छ । २०२३ को आफ्नो अन्तिम खेलमा संयुक्त राज्य अमेरिकाको महिला राष्ट्रिय भकुण्डो टोलीले शनिबार फ्लोरिडाको फोर्ट लाउडरडेलको डिआरभि पिएनके रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चीनलाई ३-० ले हराएको छ ।

गत अक्टोबर २६ र २९ मा कोलम्बिया विरुद्ध ०-० को बराबरी र ३-० को जित निकाल्दै अमेरिकी महिला राष्ट्रिय भकुण्डो टोलीले शनिबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चीनलाई हराई दिएको छ ।

खेलको हिसावले समग्रमा अमेरिकी टोलीको पक्षमा ६३.८ प्रतिशत तथा चीनिया टोलीको पक्षमा ३६.२ प्रतिशत खेल प्रतिस्प्रद्धामा रहेको थियो । अमेरिकाले आठौं मिनेटमा सोफिया स्मिथले ट्रिनिटी रोडम्यानले दिएको भकुण्डोलाई जाली भित्र प्रहार गर्दै खाता खोलेकी थिइन् ।

प्रतिक्रिया