अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित , लक्ष्मी जयन्ती भव्यताको साथ सम्पन्न

इनेप्लिज २०८० मंसिर १५ गते १:२४ मा प्रकाशित

न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मी प्रसाद देबकोटा जयन्ती भव्यताको साथ सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टर(शाखा) को आयोजनामा ११५ औं महाकबि लक्ष्मी प्रसाद देबकोटा जयन्ती महाकवि लक्ष्मी प्रसाद देबकोटालाई श्रद्धा सुमन अर्पण गर्दै कविता वाचनको साथै मन्तब्य सहित कार्यक्रम सम्पन्न भयो ।

सोही अवसरमा अन्तराष्ट्रीय नेपाली साहित्य समाज न्यूयार्क शाखाको २०२३-२०२५ को लागि सम्पन्न भएको निर्बाचनमा साहित्यकार लक्ष्मी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समितिको पनि चयन गरिएको छ ।

नयाँ कार्य समितीमा अध्यक्षमा लक्ष्मी श्रेष्ठ ;उपाध्यक्षमा जानुका वस्ती ढकाल ; महासचिवमा नदिया लिबांग ;सचिवमा मेनका पराजुली तथा कोषाध्यक्षमा सिर्जना लामा निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन समितिमा संयोजकमा किरण काफ्ले सहित बद्री पौडेल तथा हरि शर्मा सदस्यहरु रहेका थिए । लक्ष्मी जयन्तीमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका अध्यक्ष साहित्यकार गोबर्धन पूजा, बोर्ड अफ ट्रष्टी का निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्री लगायत कार्यक्रमका सभापति राजन महर्जनले लक्ष्मी प्रसाद देबकोटालाई श्रद्धा सुमन अर्पण गर्दै पानसमा दियो प्रज्वलन गरी शुरु गर्नुभएको कार्यक्रमको अध्यक्षता शाखा (च्याप्टर)का अध्यक्ष राजन महर्जनले गरेका थिए ।

यसैगरी, कार्यक्रममा गायिकाहरुको उपस्थित समुहद्वारा नेपाली राष्ट्रीय गान तथा अमेरीकी राष्ट्रीय गान संयुक्त रुपमा प्रस्तुत गरीएको थियो । महाकवि लक्ष्मी प्रसाद देबकोटालाई स्मरण गर्ने क्रममा, साहित्यकार तथा सम्पादक युयुत्सु शर्मा ज्युले नेपाली कविता र अँग्रेजी कविता पनि वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्ष साहित्यकार लक्ष्मी श्रेष्ठले उपस्थित पस्थित सम्पूर्ण बिशिष्ट महानुभावहरुलाई संम्बोधन गर्दै स्वागत मन्तब्य गरेकी थिइन् ।

लक्ष्मी जयन्ती मनाउन न्युयोर्क राज्यको वरपरका राज्यहरु न्युजर्सी, बोस्टन, पेन्सलभेनियाबाट अनेसासका पदाधिकारी साथै साहित्य अनुरागी हरुको उपस्थिती रहेको थियो भने नेपालबाट हालः अमेरीकाको भ्रमणमा रहनुभएका बिशेष अतिथी साहित्यकार युयुत्सु शर्माको पनि उपस्थिती रहेको थियो।

नव निर्बाचित पदाधिकारीहरुलाई निर्बाचन समितीका सदस्य हरि शर्मा पदिय मर्यादाको सपथ ग्रहण पनि गराएका थिए ।

सोही अबसरमा केन्द्रका अध्यक्ष साहित्यकार गोबर्धन पूजा, उपाध्यक्ष साहित्यकार राजेन्द्र श्रेष्ठ तारा किशन फ़ाउण्डेशनका संस्थापक साथै अनेसासका सल्लाहकार साहित्यकार किशन सिंह धामी ,, केन्द्रका सदस्य साहित्यकार शकुन ज्ञवाली ,सल्लाहकार सिता खरेल ,बन्दना कोईराला , कुन्ती थापा साथै बि ओ टीका निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीले अ ने सा स केन्द्रका नब निर्वाचित सम्पूर्ण टोलीलाई बधाई तथा शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा अनेसास बि ओ टी का निबर्तमान अध्यक्ष साहित्यकार गिता खत्रीको नयाँ कृती उपन्यास “ रोबर्ट जर्ज” को समिक्षा बिओटीका सदस्य च्याप्टरका सल्लाहकार, साहित्यकार तथा समिक्षक रश्मी भट्ट गरेकी थिइन् ।

देबकोटा जयन्ती मनाउने क्रममा साहित्यकार गोविन्द कोईराला वाचन गरेको कविताले माहौललाई मन्त्र मुग्ध पारेको थियो।

कार्यक्रमका अतिथि, बिशेष अतिथिहरुलाई अनेसास न्युयोर्क च्याप्टरका सचिब नदिया लिबांग ज्युले दोसल्ला ओढाई स्वागत गरेकी थिइन् । कार्यक्रममा थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो ।

शाखा(च्याप्टर)का महासचिब साहित्यकार जानुका वस्ती ढकालले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रमका अध्यक्ष राजन महर्जनले धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया