माधव प्रसाद देवकोटाको १२० औं जन्म जयन्तीमा लोकार्पण

इनेप्लिज २०८० मंसिर १३ गते ३:४२ मा प्रकाशित

मंसिर तीन गते पश्चिमान्चल पाल्पा नेपालका साहित्यका मु्र्धन्य धरोहर श्री माधव प्रसाद देवकोटाको १२० औं जन्म जयन्तीको अवसरमा प्रतिभा सम्मान र माधव दमयन्ती स्मृती ग्रन्थ लोकार्पण गरियो। कार्यक्रम पाल्पाको महेन्द्र बोधी मा. बि. मा गरियो। तान्सेन पाल्पाका मेयर सन्तोष लाल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो। माधव दमयन्ती स्मृती प्रतिस्ठान पाल्पाका अध्यक्ष्यको अध्यक्ष्यतामा कार्यक्रम सन्चालन भएको थियो। आमन्त्रण गरिएका सम्पुर्ण लाई स्वागत र कार्यक्रम को उधेस्य समिती उपाध्यक्ष कमला देवकोटा ले प्रकाश पार्नुभएको थियो।कृतिको समिक्षा प्राध्यापक द्वय डा. टन्क पन्थ र शंकर प्रसाद गैरेले गर्नुभएको थियो।

करिव पचास उपस्थिती रहेको उक्त कार्यक्रममा धन्यबाद ज्ञा पन समितीसदस्य कल्पना अधिकारीले गर्नुभएको थियो भने कोषाध्यक्ष कबिता रिजालले उद्घोषण गर्नु भएको थियो। तीन घण्टाको कार्यक्रम बढो हर्षले बित्यो। सम्मनित श्रष्टा अस्वस्थताको कारण उपस्थित हुन सक्नुभएन। हिजो १२ गते उहाँकै निवासमा गएर गुरु गोपीकृष्ण शर्माज्यु् गुरुआमा लाई दोसल्ला ओढाएर पुष्पोहार पहिराई नगद रु पन्ध्र हजार प्रदान गरेर समिती उपाध्यक्ष कमला देवकोटाले सम्मान गर्नुभयो। साथै बरिष्ठ समिक्ष्यक अरुण नदी खत्रीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमा छोरा रामचन्द्र गौतम ममता गौतम दुई छोरी नातिनी, अरुणा श्रेष्ठ दम्पती ,समितिका सदस्य, आजिवन सदस्य समेत को उपस्थिती ले रमाईलो वातावरण बन्यो। अन्तमा गुरुज्युको स्वास्थ लाभको कामना र माधव प्रसाद देवकोटाको जम जयन्तीमा उहाँलाई हार्दिक श्रद्धान्जली टक्र्याउंदै समापन गरियो।।

प्रतिक्रिया