नारायण रायमाझी निर्देशित नेपाली चलचित्र ‘परदेशी-२’ अमेरिकाका विभिन्न शहरमा प्रदर्शनको मिती तय भएको छ ।
चलचित्र ग्रीन्सबोरो उत्तरी क्यारोलाइना, डलास, टेक्सास र शिकागो इलिनियोजमा प्रदर्शन भइरहेको छ।
यो चलचित्र ओहायोका तीन शहर सिनसिनाटी, कोलम्बस र क्लिभल्याण्डमा यो साताको अन्त्यमा प्रदर्शन हुनेछ ।
डिसेम्बर १० मा डेनभर कोलोराडोमा चलचित्रको विशेष प्रदर्शन (स्क्रिनिङ) हुनेछ। अमेरिकाका अरु धेरै सहरहरूमा प्रदर्शनको तयारी भईरहेको अमेरिकाका बितरक प्याट्रिक सुवेदीले जानकारी दिएका छन् । केही राज्यका मिती र स्थान आगामी हप्तामा घोषणा गरिनेछ।
चलचित्र प्रदर्शनका लागी निर्देशक नारायण रायमाझी अमेरिका आईसक्नु भएको छ । निर्देशक रायमाझी कतिपय चलचित्र मन्दिर (हल)हरुमा आफै पुग्ने प्रयासमा हुनुहुन्छ ।
चलचित्रका कलाकार दिलिप रायमाझी र कृष्ण कंडेल अमेरिका मै रहेकाले उहांहरुको पनि केही चलचित्र मन्दिर (हल)मा उपस्थिती रहने बताईएको छ । त्यस्तै गीतकार सतीश चापागाई पनि उपस्थित हुन सक्ने बताईएको छ ।
प्रतिक्रिया