श्रोत :सिएनएन । हमास इजरायल बीच युद्धबिराम भएको आज तेश्रो दिन हो । भोली सोमबार नोभेम्बर २७ का दिन ४ दिन हुनेछ । दुवै तर्फबाट कैदीहरु आदान प्रदान गर्ने कार्य निरन्तर चलि रहेको छ । आजै हमासले अझ युद्ध बिराम गर्न चाहेको छ भने इजरायलले पनि छलफल गरि रहेको छ । युद्ध बिराम केवल ४ दिनको लागि गरिएको छ । सोमबार राती यसको म्याद गुज्रिने छ ।
यसै बीच रिहा गरिएको इजरायली बन्धक केरेन मुन्डर र उनको परिवारले गाजामा बन्दी बनाएको बेला पिटा पाउरोटी मात्र खाएर दिन बिताएको उनकी आफन्त मेरभ मोर रविभले आइतबार पत्रकारहरूलाई भनिन ।
नियमित पोषणको कमीका कारण मुन्डर र उनकी आमाले १२ वा सोभन्दा बढी पाउण्ड तौल गुमाएको मोर रविभले भनिन । उनीहरूले खाइ रहे तर नियमित रूपमा होइन ।
कैदमा उनीहरूको आहारमा धेरै भात र रोटी दिइएको थियो । मुन्डर, उनकी आमा र ९ वर्षीय छोरालाई हमासले गत शुक्रबार रिहा गरेको थियो। शुक्रबार रिहा गरिएकी ८५ वर्षीय याफा अदारकी नातिनी अदवा अदारले गाजामा करिब ५० दिनमा उनको हजुरआमाले पनि तौल घटाएको बताइन्।
अदारले बन्धकको रूपमा दिनहरू गन्ती गरि रहेकी थिइन् । उनी रिहा हुँदा कति समयसम्म कैदी थिए भन्ने कुरा थाहा थियो, उनकी नातिनीले भनिन्। शुक्रबार हमासद्वारा रिहा गरिएको थाई बन्धककी दिदीले उनको भाइलाई “धेरै राम्रोसँग हेरचाह गरिएको” बताईकी छिन् ।
आतंककारी समूहबाट मुक्त भएपछि भिटुन फुमकी दिदी रुंगारुन विचान्गुएनले गत शनिबार उनको भाइ राम्रै देखिन्छ भनिन ।”उनको अनुहार धेरै खुसी थियो, र उनि ठीक देखिन्थ्यो। उनलाई कुनै यातना दिइएन, आक्रमण गरिएन, र राम्रो खाना खुवाइएको थियो,” उनले एक अन्तर्वार्तामा भनिन्। उनलाई राम्रोसँग हेरचाह गरिएको र ऊ भूमिगत सुरुङमा होइन, घरमा नै बसेको बताइन ।
गत शुक्रबार रिहा भएका १० थाई नागरिकमध्ये फुम पनि थिए । शनिबार थप ४ जना रिहा भएका थिए । इजरायली कृषि खेती (फार्म)हरूले हजारौं खेती मजदुरहरूलाई रोजगार दिन्छन्, जसमध्ये केही अक्टोबर ७ को आक्रमणमा परेका थिए।
प्रतिक्रिया