गाजाबाट मुक्त गरिएका विदेशीहरू ‘स्थिर र ‘सुधार’ अवस्थामा छन् : चिकित्सक

इनेप्लिज २०८० मंसिर १० गते ११:५५ मा प्रकाशित

गाजाको बन्दीबाट हमासले रिहा गरेका सबै विदेशी नागरिकको अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।

शुक्रबार र शनिबार गाजाबाट रिहा गरिएका ४१ बन्धकहरूमध्ये १५ विदेशी नागरिक हुन्: १४ जना थाइल्याण्डका र एक फिलिपिन्सका हुन्।

इजरायलको शमीर मेडिकल सेन्टर(अस्पताल) का निर्देशक चिकित्सक ओस्नाट लेभ्जियोन कोराचले आइतवार सबैको अवस्था स्थिर रहेको बताइन ।

“उनीहरू स्थिर अवस्थामा छन्, र तिनीहरूमा सुधार भइरहेको छ,” उनले भनिन्, “उनीहरू यहाँ आउन पाउँदा धेरै खुसी छन् र हामी उनीहरूलाई आवश्यक पर्ने उत्तम हेरचाह दिन सक्छौं भनेर हामी धेरै खुसी छौं।”

इजरायलको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै विदेशी नागरिकहरू चिकित्सा परीक्षणहरू पूरा नभएसम्म तेल अवीभको दक्षिणपूर्वी बियर याकोभमा रहेको शमिर-असाफ हारोफेह अस्पताल (मेडिकल सेन्टर)मा रहने बताएको छ ।

इजरायलले ती सबैलाई राम्रो स्वास्थ्य उपचार गर्ने वाचा गरेको मन्त्रालयले बिज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया