अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेको संख्या गत हप्ता २४,००० ले घटेको छ ।
बेरोजगारी लाभहरूको लागि आवेदन दिने अमेरिकीहरूको संख्या गत हप्ता तीव्र रूपमा घटेको छ । उच्च ब्याज दरहरूको बावजुद अमेरिकी रोजगार बजार लचिलो रहेको संकेत हो भनि एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।
श्रम विभागले बुधवार आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै बेरोजगार दावीहरू २४,०० ० ले घटेको जनाएको छ । अर्थात् २ लाख ३३ हजारमा २४,००० घटे पछि अब २ लाख ९ हजारमा पुगेको छ ।
४ हप्ताको औसत दाबी हरेक हप्तै हप्ता औसतमा २ लाख २० हजारमा झरेको छ । नोभेम्बर ११ मा समाप्त भएको हप्तामा १.८४ मिलियन अमेरिकीहरूले बेरोजगारी लाभहरू प्राप्त गरिरहेका थिए, जुन अघिल्लो हप्ताको तुलनामा २२,००० ले न्यून रहेको छ।
फेडरल रिजर्भ(संघीय आरक्षित)ले अर्थतन्त्रलाई सुस्त बनाउन र गत वर्ष चार दशककै उच्चमा पुगेको मुद्रास्फीतिलाई नियन्त्रण गर्न मार्च २०२२ देखि ११ पटक आफ्नो किर्तिमान ब्याजदर बढाएको छ।
प्रतिक्रिया