आदिवासी जनजाति महिला महासॅध अमेरिका ( फिवना) को देउसी भैलि कार्यक्रम र्याफल र सम्मान कार्यक्रमका साथ सम्पन्न

इनेप्लिज २०८० मंसिर ६ गते २३:४२ मा प्रकाशित

आदिवासी जनजाति महिला महासॅघ अमेरिका (फिवना) ले बार्षिकरूपमा आयोजना गर्दै आएको देउसीभैलि कार्यक्रम यसपटक भने केही पृथकताको साथ सम्पन्न भएको छ । सॅस्थाको आर्थिक मजबुदीकरणका लागि यसपालि भने र्याफलकोपनि आयोजना गरेको आयोजक सॅस्थाको भनाई छ । त्यस्तै सॅस्थाका सॅस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनि मगरलाई पनि फिवनाले उहॅाले गरेको उच्च योगदानको कदर गर्दै सम्मान गरेको हो ।

मातृभूमिको सम्मान र सम्झनास्वरूप हरेक बर्ष नेपालीहरूको महान् पर्ब तिहारको उपलक्षमा आयोजित यस कार्यक्रम जम्मा तिन चरणमा बिभाजित थियो ।औपचारिक कार्यक्रमको अनत्यपछि, देउसी भैलि कार्यक्रममा बरिश्ठ कलाकारहरूको प्रस्तुति र नाचगान थियो भने अन्त्यमा र्याफलको कार्यक्रम र बिजेताहरूलाई पुरस्कार बितरण गरेर कार्यक्रम समाप्त भएको थियो ।

प्रथम चरणको औपचारिक कार्यक्रममा अथितिहरू छाया कम्युनिटी डेभलप्मेन्टका कार्यकारी निर्देशक अनिता सिचरन, क्विनस बरो प्रेसिडेन्टका अफिसबाट इमिग्रेसन वेलकम सेन्टरका सुबारू दत्त, सामाजिक अभियान्ता इन्द्र तामाङ, आदिवासी जनजाति महासॅघ अमेरिका (फिपनाो) की महासचिब टोमा लामा, युनाइटेड किरात राइ अर्गनाइजेसन अफ अमेरिका न्यूयोर्क च्यापेटरकी अध्यक्ष ममता राई लगायतले कार्यक्रमको लागि शुभकामना ब्यक्त गर्दै फिवनासॅगको सहकार्यको लागि सॅदैब तयार रहेको मन्तब्य ब्यक्त गरे ।

सोही अवसरमा फिवनाका बर्तमान अध्यक्ष इन्दिरा चोङबाङले सॅस्थापक अध्यक्ष तथा सल्लाहकार संगिनी मगरलाई उहॅाले सॅस्थालाई गरेको कार्यप्रति उच्च सम्मान गर्दै सम्मान गरेकि थिइन् । मगरले शुभकामना मन्तब्य दिॅदै यस अवसरका लागि सम्पूर्णमा आभार ब्यक्त गरिन् र आफु सॅदैब फिवनासॅगै रहेकोपनि बताइन् ।

कार्यक्रमको सॅचालक पूर्ब सभासद तथा जिरेल समाज अमेरिकाकी अध्यक्ष र फिवनाकि सकृय सदस्य शान्ति जिरेलले गरेकि थिइन् । कार्यक्रम सॅचालनकै क्रममा उनले फिवना यस कार्यक्रमको प्रभाब र प्रवासमा हामीलाई मातृभूमिको महत्व कस्तो हुन्छ भन्नेमा पनि प्रकास पारिन् । कार्क्रममा सम्पूर्ण आगन्तुकलाई सॅस्थाकि उपाध्यक्ष मैनासेन बज्रचार्यले स्वागत गरेकि थिइन् ।

देउसीभैलिको अवसरमा आयोजित उक्त अवसरमा फिवनाको सामुहिक देउसी भैलिको प्रस्तुतिपनि रहेको थियो । महिलाहरूको भैलिनि गीत प्राथमिकता रहेको उक्त प्रस्तुतिमा सॅलालक जिरेलको अगुवाइ रहेको थियो ।

सभापतिको आसनबाट बोल्दै अध्यक्ष चोङबाङले कार्यक्रमको औचित्यमाथि प्रकास पार्रिन् । यो सफलता सम्पूर्ण फिवना टिमको प्रयासका कारण सम्भब भएको बताउॅदै सम्पूर्ण बिभन्न सॅघ यॅस्थाका प्रतिनिधीहरू प्रति धन्यबाद र आभार प्रकट गर्दै औपचारिक कार्यक्रमको अन्त्य भएको थियो ।

दोस्रो चरणको कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक प्रस्तुति, सर्टिफेकट बितरणकासाथ सम्पन्न भयो । बिभिन्न सामाजिक सॅघसॅस्थामा सकृय रहेकी कलाकार तथा कलाकार सॅघकि बरिष्ट उपाध्यक्ष, मिस इमिग्रेन्ट बसन्ति राईले आफ्नो कला प्रदर्शन गरेर उपस्थितहरूलाई मनोरञ्जन प्रदान गरिन् । सामुहिक नाच र देउसीभैलि कार्यक्रमपछि उनिहरूकोकार्यको उच्च सम्मान स्वरूप अध्यक्ष चोङबाङले कलाकार बसन्ति राइ, गायिका सॅगिता मुखियालाई प्रसंसापत्र प्रदान गरिन् । सोही अवसरमा सॅस्थाकि सकृय सदस्य मैया तामाङलाईपनि उनको कार्यलाई उच्च सम्मान गर्दै लाइभ मेम्बर प्रदान अध्यक्षबाट भयो ।

तेस्रो चरणका आकर्सक कार्यक्रम र्याफलको कार्यक्रमका सॅयोजनकारी भूमिका उपाघ्यक्ष मैनासेन बज्रचार्यबाट भएको थियो । सोही अवसरमा प्रथम पुरस्कारका बिजेता लक्ष्मण तामाङले आइफोन १५ हात पार्न सफल भएका थिए भने दोस्रो पुरस्कारका बिजेता हेल्लो कार्यक्रमका सम्राट कार्कीले सुनको सिक्री हात पार्न सफल भएका थिए । त्यस्तै तेस्रो पुरस्कार दुइसय डलरका गिफ्ट कार्ड हात पार्न सफल भइन् अनु गुरूङ ।

अन्तिम चरणको यस कार्यक्रमको मुख्य आकर्शण दोस्रो पुरस्कारका बिजेता सम्राट कार्कीले फिवनालाई देखाएको सद्भावनाको थियो । बिजेताले फिवनालाई नै यसको प्रगतिको कामना गर्दै उक्त सुनको सिक्री डोनेनसन दिएपछिको वाताबरण केहीक्षण हर्ष र उल्लासताका साथ उहॅालाई धन्यबाद ज्ञापनमा बित्यो । अन्त्यमा फेरि हर्षउल्लासका साथ नाचगान गर्दै नेपाली खानपिनको स्वाद लिॅदै मातृभूमिप्रतिको सम्मानस्वरूपको देउसी भैलि पर्बको समाप्त भयो ।

प्रतिक्रिया