अमेरिकाको कोलोराडो डेनवर उपनगरमा एक घर भित्र ४ जना पुरुष मृत फेला

इनेप्लिज २०८० मंसिर ६ गते ११:४७ मा प्रकाशित

अमेरिकाको कोलोराडो डेनवर उपनगरमा एक घर भित्र ४ जना पुरुष मृत फेला परेका छन् । कोलोराडोका अधिकारीहरूले डेनभरको उत्तरमा गत मंगलबार एउटा घरमा चार जना पुरुष मृत फेला परेको बताएका छन् ।

सहायक प्रहरीहरुले एक घरमा गोली चलेको खबर पाए पछि त्यहाँ दिउसो पुगेका थिए । प्रहरीहरु त्यहाँ पुग्दा चार जना पुरुषहरूलाई भित्र मृत फेला पारेको , एडम्स काउन्टी शेरिफको कार्यालयले सामाजिक संजालमा जानकारी दिएका छन् ।

यो “पृथक घटना” जस्तो देखिन्छ र त्यहाँका बासिन्दालाई कुनै खतरा नभएको जनाएको छ ।

घरमा ताला लगाइएको हुनाले प्रहरीहरू जबरजस्ती भित्र पसे र एक जनालाई बन्दुकको गोली लागेर मृत्यु भएको भेट्टाए । प्रहरी सहायकहरूले घरको बाँकी भाग जाँच गर्दा अन्य तीन मृतक पुरुषहरू फेला पारेको प्रहरीले बताए ।

प्रहरी एडम्स शर्मनका अनुसार ९११ मा सूचना दिने व्यक्ति पीडित मध्ये एकको परिवारको सदस्य रहेको उनले बताए ।

छिमेकीहरू बीचको सम्पत्ति विवादमा डेनभरको दक्षिणपश्चिमी ग्रामीण इलाकामा तीन व्यक्तिलाई गोली हानी मारिएको एक दिन पछि यो घटना भएको हो ।

प्रतिक्रिया