अमेरिकी महान्यायाधिवक्ताले हमास र इजरायलबीचको युद्धमा मारिएका अमेरिकीहरूको मृत्युबारे अनुसन्धान गरिरहेको बताए

इनेप्लिज २०८० मंसिर ६ गते ०:४७ मा प्रकाशित

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले न्याय विभागले हमास र इजरायलबीचको युद्धमा मारिएका अमेरिकीहरूको मृत्युबारे अनुसन्धान गरिरहेको बताए।

“हामी जहिले पनि अमेरिकीहरूको मृत्युको अनुसन्धान गर्छौं,” गारल्याण्डले मंगलबार पत्रकार सम्मेलनमा भने। “हामी ,हामीसँग उपलब्ध सबै उपकरणहरू प्रयोग गरेर अमेरिकीहरूको मृत्युको सक्रिय रूपमा अनुसन्धान गरिरहेका छौं।”

युद्ध सुरु भएदेखि दर्जनौं अमेरिकीको मृत्यु भइसकेको छ, जसमा हमासद्वारा अक्टोबर ७ मा भएको आक्रमणमा मारिएका र इजरायली सुरक्षा बलमा काम गर्ने अमेरिकीहरू पनि समावेश छन्।

विदेश विभागका प्रवक्ता म्याट मिलरले गत सोमबार ८०० अमेरिकी नागरिक, स्थायी आवासीय पत्र (ग्रीन कार्ड)भएका र परिवारका सदस्यहरूले गाजा छोडेको बताए । अझै एक हजार भन्दा बढी बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया