यस बर्ष अर्थात् बर्ष २०२३ को धन्यबाद दिवस अर्थात् थ्यांक्सगिभिङमा कम खर्च हुने तर मूल्यहरू अझै पनि पूर्व-महामारी देखि माथि रहेको एक सर्वेक्षणले देखाएको छ । अमेरिकी फार्म ब्यूरो फेडरेशन (एएफबिएफ ) ले गत हप्ता दिएको नयाँ सर्वेक्षण अनुसार १० व्यक्तिहरुको लागि औसतमा ६१.१७ डलर खर्च हुनेछ ।
गत बर्ष उच्च ६४.०५ डलर रहेको थियो भने गत बर्ष भन्दा यस बर्ष ४.५ % न्यून रहेको छ । यस वर्षको थ्यांक्सगिभिङ डिनर अर्थात् धन्यबाददिवस रात्रीभोजमा गत वर्षको तुलनामा बढी किफायती भए पनि यो अझै पनि २०१९ को तुलनामा २५ % माथि रहेको सर्वेक्षणले जनाएको छ ।
गत हप्ता मंगलबार प्रकाशित उपभोक्ता मूल्य सूचकांक प्रतिवेदनले अक्टोबरमा खाद्यान्नको मूल्य अघिल्लो महिनाको तुलनामा ०.३ प्रतिशतले बढेको देखाएको छ । खाद्यान्नको मूल्य अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३.३ प्रतिशतले बढेको थियो ।
यसै गरि उक्त सर्वेक्षणमा गत बर्षको तुलनामा १६ पाउण्डको टर्कीको मूल्य औसतमा २७.३५ डलर पर्दछ जुन गत बर्षको तुलनामा ५.६ % तल झरेको छ ।
वेल्स फार्गोको वार्षिक प्रतिवेदनले थ्याङ्क्सगिभिङ आपूर्ति बढाउन उद्योगले २% देखि ३% थप टर्कीहरू भण्डारमा थपेको फेला पारेको छ।
यस वर्ष अरु खानेकुरा सुठुनी, फर्सी ,गाजर तथा अन्य सामग्रीहरु समेत मूल्य वृद्धि भएको छ भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया