वार्ताकारहरू गाजाबाट बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा पुग्न नजिक छन् : बाइडेन

इनेप्लिज २०८० मंसिर ५ गते १२:१५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत सोमबार वार्ताकारहरू गाजाबाट बन्धकहरूलाई रिहा गर्ने सम्झौतामा पुग्न नजिक रहेको उनलाई विश्वास लागेको बताए ।

ह्वाइट हाउसमा थ्यांक्स गिभिङ्ग अगाडी आयोजना गरिएको टर्की क्षमा याचना परम्परा समारोह उनलाई गाजा बन्धकको बारेमा सोध्दा उनले “मलाई विश्वास छ, तर म कुरा गर्न तयार छैन …” उनले भने ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले गत सोमबार पत्रकारहरूलाई भने, “हामी विश्वास गर्छौं कि हामी पहिले भन्दा नजिक छौं, त्यसैले हामी आशावादी छौं। तर अझै काम गर्न बाँकी छ, र यो सबै पूरा नभएसम्म केहि पनि हुँदैन, त्यसैले हामी” यसमा काम गरि रहन्छौ ।”

किर्बीले यो सम्झौता महिला र बालबालिकाको रिहाईलाई सुरक्षित गर्नमा केन्द्रित रहेको बताए ।

“मलाई लाग्छ कि हामी जति कम बोल्छौं उति राम्रो हुन्छ … ” किर्बीले भने।

प्रतिक्रिया