राष्ट्रपति जो बाइडेनले सोमबार आफ्नो ८१ औं जन्मदिनको एक हिस्साको रुपमा ह्वाइट हाउसको वार्षिक परम्परा पालन गर्दै बिताए र दुई भाग्यशाली टर्कीहरूलाई माफी दिए ।
थ्याङ्क्सगिभिङ्ग अर्थात् धन्यवाददिवस अगाडी लिबर्टी र बेल नामक चयन गरिएका टर्की चरा अर्थात् मयुर जस्तै देखिने पातालमयुरलाई क्षमा दिदै केही ठट्टा समेत गरे । दुवै टर्की चरा विल्मार मिनेसोटाबाट ल्याईएका हुन् ।
धन्यवाददिवस सुरु हुनु अगाडी परम्परा अनुसार व्हाइट हाउसमा टर्की राष्ट्रपतिको अगाडी जिउदो टर्की प्रदर्शन गरिन्छ । उक्त ” पार्डोनिंग ” अर्थात् क्षमायाचना समारोहमा राष्ट्रपतिले टर्कीलाई जीवनदान अर्थात् क्षमायाचना दिने गर्छन । राष्ट्रपतिले केही भने पछि सबैको लागि टर्की खान खुला गरिएको मानिन्छ ।
बाइडेनले सोमबार बिहान माफी समारोहमा ठट्टा गरे । सोमबारको समारोहमा बाइडेनको जन्मदिन परेको थियो र उनले पहिले नै नेसनल टर्की फेडरेशनका अध्यक्ष स्टीव लिक्कन र उनको परिवारलाई भेटेका थिए, जसले राष्ट्रपतिलाई “ह्याप्पी बर्थडे टु यू” अर्थात् जन्म दिनको शुभकामना भन्दै गीत गाएका थिए ।
उनले “हाम्रो राष्ट्र र विश्वलाई खुवाउने र इन्धन दिने अमेरिकाभरका सबै परिवारहरूलाई धन्यवाद दिए।”
सन् १९४७ मा नेशनल टर्की फेडेरेसन(राष्ट्रिय टर्की महासंघ) ले राष्ट्रपति ह्यारी ट्रुम्यानलाई टर्की प्रस्तुत गरेको राष्ट्रपतिको परम्परालाई निरन्तरता दिँदै बाइडेनको छुट्टीको मौसमको तयारीमा टर्कीको जोडीलाई माफी दिएको यो तेस्रो पटक हो।
प्रतिक्रिया