टेक्ससदेखि दक्षिणपूर्वसम्मका २ करोड मानिस गम्भीर हिमपात र सम्भावित घुम्रपात(टोर्नाडो)को जोखिममा

इनेप्लिज २०८० मंसिर ४ गते १२:२० मा प्रकाशित

टेक्ससदेखि दक्षिणपूर्वसम्मका २ करोड अर्थात् २० मिलियन मानिसहरु हिमपात ,गम्भीर चिसो र सम्भावित घुम्रपात(टोर्नाडो)को जोखिममा रहेको सिएनएनले जनाएको छ ।

सोमबार दिउँसो सुरु हुने गम्भीर हिमपात /आँधीबेहरीको खतराको सामना गरि रहेको र केही क्षेत्रहरू असिना समेत आउने जनाईएको छ । “हानिकारक हावा र धेरै घुम्रपात((टोर्नाडो), जसमध्ये केही शक्तिशाली हुन सक्छन्, प्राथमिक खतराहरू हुनेछन्,” राष्ट्रिय मौसम सेवाको आँधी पूर्वानुमान केन्द्रले सोमबार बिहान जानकारी गराएको छ । हावाहुरी र ठूला असिना पनि हुने सम्भावना रहेको केन्द्रले जनाएको छ ।

आँधी दक्षिण तर्फ अघि बढेको छ भने यूटाहा , नेभादा र कोलोराडोका धेरै भागहरूमा पहाडी क्षेत्रमा हिमपात लगभग एक फिट अग्लो जम्मा भै सकेका छन् ।

पूर्वी टेक्ससमा सोमबार दिउँसो तल्लो मिसिसिपी उपत्यका र अलाबामा तिर चट्याङ आउने सम्भावना रहेको छ ।

ज्याक्सन, मिसिसिपी र अलेक्जान्ड्रिया, लुजीयाना लगायत उत्तरी लुजीयाना र मध्य मिसिसिपीका केही भागहरूका गम्भीर हिमपात चिसो आँधीबेहरी ३ देखि ५ स्तरको आउने जोखिम रहेको बताईएको छ ।

आँधीले सुख्खाग्रस्त लुजीयाना र मिसिसिपीमा छोटो राहत ल्याउन सक्छ, जसले सोमबार २ इन्चसम्म अत्यधिक वर्षा ल्याउन सक्ने मौसम पूर्वानुमान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया