ईनेप्लीज
१८ नोभेम्बर २०२३
नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति भूपाल राईलाई रात्रिभोज सहित एक औपचारिक कार्यक्रम आयोजना गरेर अमेरिकामा स्वागत गरियो ।
अन्तरास्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको आयोजनामा राजधानी वाशिंगटन डिसी नजिकै फेयरफ्याक्स शहरमा सुक्रबार सॉझ रात्रिभोज सहित कुलपति राईलाई स्वागत गरिएको हो ।आयोजक डिसी मेट्रोका अध्यक्ष कबिन्द्र सिटौलाले कुलपति राईलाईलाई खादा पहिराएर स्वागत गरेपछी , नेपालबाट आएका अन्य पाहुनाहरू : नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञ सदस्य बाबा बस्नेत ,ऋषमदेब घिमिरे र महेश पौडेललाई पनि स्वागत गरिएको थियो ।
शभाको प्रमुख अतिथीको मन्तब्यमा कुलपति राईले – नेपालमा भन्दा प्रबासमा नेपालीहरू मिलेर बसेका रैछन् भने । अन्तरास्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले पनि कुलपति राईलाई स्वागत गर्दै – नेपाली भाषा , साहित्यलाई अन्तरास्ट्रियकरण गराउनमा भिम रेग्मी र खेम भट्टचन दुई जनाको योगदान रहेको उदाहरण दिएका थिए ।
कार्यक्रमको अन्तमा कुलपति राईले रारातालको कविता सुनाएका थिए भने – कविता बाचन गर्ने अन्य कविहरू थिए – ऋषमदेब घिमिरे , जगन्नाथ पौडेल , भिम रेग्मी भुबन सिग्देल , रोज़ा वली ( झापा ) र राम अधिकारी ( कपिलबस्तु ) थिए ।
डिसी मेट्रो च्याप्टरका अध्यक्ष कबिन्द्र सिटौलाको अध्यक्षतामा भएको यो कार्यक्रम महासचिब नीलकण्ठ सुबेदीले कार्यक्रम सन्चालन गरेका थिए ।
कुलपति राईको लाइभ हेर्न तलको लिंक क्लिक गरेर सुन्न सकिन्छ:
https://www.facebook.com/enepalese/videos/1083196933037873
प्रतिक्रिया