अमेरिकाको टेक्सस राज्यको नेपालीहरुको बाक्लो वस्ती भएको शहर फोर्ट वर्थमा नेपालबाट आएका ६६ बर्षिय भुवनेश्वर शाह हराएको सूचना फोर्ट वर्थ प्रहरी बिभागले सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका)मा प्रकाशित गरेको छ ।
अमेरिकाको पूर्वीय समय अनुसार डिसी क्षेत्रमा ९:३० बज्दै गर्दा यो सूचना करिव १ घण्टा अगाडी बिभागले प्रकाशित गरेको हो । बिभागले अक्टोबर १२ ,१९५७ मा जन्मिएका ६६ बर्षिय शाहको उचाई ५ फिट ११ इन्च र १७० पाउण्ड समेत भएको उल्लेख गरेको छ ।
उक्त सूचनामा हराएका शाहको खैरो आँखा ,चस्मा लगाएको र नेपालमा अमेरिका भ्रमणमा आएको उल्लेख गरेको छ । उनि डोमेनसिया अर्थात् मनोभ्रण रोगी भएको र ओखती लिई रहेको समेत सूचनामा जनाइएको छ ।
कालो ज्याकेट तथा काडा पेन्ट्स लगाएको र फोर्ट वर्थ को ६५१२ हिककक ड्राइभ नामक मार्गबाट आजै नोभेम्बर १७ शुक्रबारका दिन ४:३० बजे दिउसो देखि हराईरहेको समेत प्रहरी बिभागले सूचनामा उल्लेख गरेको छ ।
हराईरहेका शाहको बारेमा कुनै पनि सूचना प्राप्त गरेमा फोर्टवर्थ प्रहरी विभागको ८१७ ३९२ ४२२२ तथा एफडब्लुपिडि # २३००८९९०९ मा सूचना दिन समेत आग्रह गरेको छ ।
प्रतिक्रिया