पेन्टागनका पूर्व प्रहरी अधिकृतलाई २०२१ मा २ जनालाई गोली हानेर हत्या गरेको अभियोगमा २५ वर्ष कारागार सजाय

इनेप्लिज २०८० मंसिर १ गते २:२४ मा प्रकाशित

पेन्टागनका पूर्व प्रहरी अधिकृतलाई २०२१ मा बिसान स्थल (पार्किंग लट )मा २ जनालाई गोली हानेर हत्या गरेको अभियोगमा २५ वर्ष कारागार सजाय सुनाईएको छ ।

४२ वर्षीय डेभिड हल डिक्सनले अप्रिल ७, २०२१ को बिहानै मेरिल्याण्ड राज्यको टाकोमा पार्क(शहर) स्थित बिसानस्थल (पार्किङलट)मा रहेको सवारी साधन मा पाँचवटा गोली चलाउदा ३८ वर्षीय जेम्स जोन्सन र ३२ वर्षीय डोमिनिक विलियम्सको मृत्यु भएको थियो।

डिक्सनले अदालतमा बयान दिएपछि र उनले पीडितका परिवारसँग माफी मागे पछि मोन्टगोमेरी काउन्टी सर्किट कोर्ट(दौडाहा इजलास)का न्यायाधीश माइकल मेसनले सजाय दिएका हुन् ।

“म पश्चातापमा छु। म मेरो बाँकी जीवनको लागि पछुताउनेछु,” डिक्सनले भने। म मेरो कार्यको लागि पूर्ण जिम्मेवारी लिन्छु। उक्त समयमा डिक्सनले प्रहरीलाई ती पुरुषहरू अडान गरिएको गाडीमा छिर्न खोजिरहेका थिए भनि बताएका थिए ।

न्यायाधीशले डिक्सनले आधा सजाय काटे पछि मात्र सजाय माफीको लागि योग्य हुने बताएका छन्। अदालत बाहिर, परिवारका सदस्यहरूले डिक्सनलाई अधिकतम सजाय नदिइएकोमा निराशा व्यक्त गरेको डब्लुटिओपीले समाचार लेखेको छ ।

गत सेप्टेम्बरमा उनले दोश्रो श्रेणीको हत्याका दुईवटा मुद्दामा दोषी स्वीकार गरेका थिए ।

प्रतिक्रिया